News Portal

रेडियो सुन्नुहोस्

क्रिकेट रंगशाला बनाउन धुर्मस सुन्तली फाण्डेशनलाई जग्गा दिन्छौँ – मेयर रेणु

सिखबर संवाददाता
१४९५ पटक

काठमाडौँ । भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन धुर्मस सुन्तली फाण्डेशनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।

मेयर रेनु दाहालले चितवन देशकै मध्यभाग भएको र पायक पर्ने ठाउँ रहेको भन्दैं धुर्मस सुन्तली फाण्डेशनलाई स्टेडियम निर्माणका लागि जग्गा दिने घोषणा गरेकी छिन् ।

आज पत्रकार सम्मेलन गरेर रंगशाला बनाउन जग्गा दिनुका साथै आर्थिक र भौतिक सहयोग गर्न तयार रहेको बताईन् ।

‘उहाँहरुलाई चितवनमा आहृवान गर्छु’ मेयर दाहालले भनिन्, ‘हामीसँग प्रयाप्त समथर जग्गा छ, महानगरले सवै खाले सहयोग गर्छ ।’ भरतपुर महानगरपालिका वडा नं.२० मा रहेको चित्रवन रंगशाला निर्माण गर्ने स्थल धुर्मस सुन्तली फाउण्डेशनलाई उपलब्ध गराउने बताईन् ।

महानगरका तर्फबाट धुर्मस सुन्तली फाण्डेशनलाई पत्र लेख्ने र दिउँसो बस्ने बोर्ड बैठकले अनुमोदन गर्ने तयारी महानगरले गरेको छ । चित्रवन रंगशाला निर्माण स्थलमा १० विगाहा जग्गा छ । अन्य थप जग्गा समेत उपलब्ध गराउन सकिने महानगरले जनाएको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन प्याकेज अन्तर्गत गत बर्ष ५० लाख रकम रंगशाला निर्माणमा विनियोजन गरेका थिए । तर, १९ लाख ३० हजार मात्रै खर्च भएको छ । बाँकी रकम फ्रिज भएको र चित्रवनको खाली १७० विगाहा जग्गा मध्ये १० विगाहा रंगशाला निर्माणका लागि छुट्याइएको छ ।

भरतपुर महानगरले चालु बर्षको बजेटमा रंगशाला निर्माणका लागि भन्दै १ करोड रकम विनियोजन गरेको छ । सो रकमबाटै काम सुरुवात गराउन सकिने महानगरका प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...