News Portal

रेडियो सुन्नुहोस्

पोखरा त्यसै पोखरा भएको रहिनछ

गोविन्द अनेक
२७३४ पटक

पहिलोपटक पोखरा भेट्न हिडेको म, पोखरामा पाइला टेक्दा मैले पोखरा हैन पोखराले मलाई भेटेको अनुभुती भयो । जब प्लेन बाट ओर्लिए त्यसपछि पोखराको सुन्दरताले प्रकृतिको आँगनभरी सुकाएका मनोरम दृश्यका बिस्कुनले मलाई भव्य स्वागत गरेको महसुस गराए । आफ्ना दन्तेलहर देखाएर हाँसिरहेका माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि, र मनास्लु हिमश्रृंखलाहरु देखेर मेरो मन पनि जिन्दगीका हर कुरा भुलेर तिने हिमालहरु संग दाजिएर सुस्कुराएर अनि मेरो मन प्रफुल्लीत बने ।
विश्वभरका मानव संग सुमधुर प्रित् गासिरहेको फेवा, रुपा अनि बेगनास ताल, छिनमै छर्लङ्ग घाम देखिने अनि छिनमै कालो बादलको घुम्टोले घपक्क ढाकिने पोखराको आकाश, त्यहीँ आकाश छुम्ला झै गरेर सरङकोटको टापुबाट उडेका प्याराग्लाइडिङ, प्याराग्लाइडिङ संगै उडेका हर मान्छेका मनोभावनाहरु सजिलै आकाश चुमेको तातो अनुभूति गरिरहेका छन ।
अन्नपूर्ण हिमालको मनमोहक दृष्यसँगै सेतीमा ¥याफटिङको छालसीत आफूलाई पनि भावनाको गहिराईमा बगाइरहेका निकै खुसी देखिने मानवहरु, लेकसाइडको वरपर जब गोधुली साँझ पर्छ तब कुनै नया ग्रहमा पाइला राखेको जस्तै आनन्दित तुल्याउने तमाम मान्छेहरुको मनका कुना—कुना छुने मनोरम दृश्यहरु ।
नौँडाँडा, पन्चासे, ठूलोकोट, सारङ्कोट र विश्व शान्ति स्तूपा हाइकिङका विश्राम र अवलोकन गर्न संसारभर बाट उर्लिएका मानसागर हरु, साच्चिकै विश्वलाई तानिरहेको पोखराले कुनै एउटा व्यक्तिको मान्छेको मनलाई नतान्ने कुरामा दुई मत पक्कै रहेन । पोखराको प्राकृतिक शितलता जतिको गहिरो छ त्यस्तै पोख्रेलको व्यवहारमा पनि भेटिने ।

अर्गानिक धरातलमा रहेर सञ्चालन गरिएका पोखराका सुविधा सम्पन्न होटेलहरु अनि त्यही होटेलको विभिन्न परिकार सँग रमाउदै दिनौ विताउने आन्तिरक एवम् वाह्य पर्यटकहरु पोखरा छिरेपछि स्वर्गको आभास लिइरहेका हुन्छन् ।
फेवातालको डुङ्गामा सवार जोकोही पनि डुङ्गामाबाट कहिले वारि छेउ केही पारि छेउ गर्दै आफ्नो जिन्दगी नै पार लगाएको स्वर्गिय आनन्द लिइरहेका हुन्छन् फेवातालको कञ्चन पानी जस्तै सफा मन लिएर दैनिक फेवातालको पेरिफेरिमा अल्झिरहने माझी दाईहरु, कहिले जोडी कहिले, एक्लो कहिले स्वदेशी कहिले विदेशी मनहरुलाई पुरानो डुङ्गामा राखेर वारपार गराइरहेका ति लोभलाग्दा दृश्यहरु आहा कसको मन होला नलोभिने । पोखराको हरेक कुनामा सुन्दरताका मझेरी थापेर बसेका थुप्रै पर्यटकीय स्थलहरुले पोखरालाई साच्चिकै पोखरा बनाइरहेका छन ।

धर्म संस्कृति विश्वासका कचप्प भारी बोकेर विन्ध्यवासीनी पुगेको सयौं मान्छेका हुलहरु ति हूलमा फरकफरक भेषभूषा र संस्कृति र मूलुकका थरिथरि मान्छेका मिश्रित दृश्यहरु, मुस्ताङ पुग्न, अन्नपूर्ण माछापुच्छ्रे, मनास्लु, धौलागिरि लगायतका हिमश्रृखलाहरुको अरोहणमा हिडेका स्वदेशी विदेशी यात्रीहरुको लहरले झनै गजबको रौनक दिइरहेका अनि पोखरालाई थप आर्कष र सुन्दरताको थुङ्गाहरु थपिरहेका छन ।
विश्वलाई प्राकृतिक सुन्दरताको फराकिलो परिचय दिइरहेको पोखराले नेपालको सान भव्य अनि सभ्य तरिकाले बढाएको छ, पोखरा त्यसै सुन्दरताको खानी बनेको रहेनछ यहाँका हर मन चुडाउने दृश्यहरु यहाको प्राकुति सुन्दरता अनि साच्चिकै सहयोगी अनि मनकारी भावनाले ओतप्रोत पोख्रेलीहरु, यी र यस्ता गुनहरु पोखरा छिर्दा भेटाएपछि मैले पोखरा हैन पोखराले मलाई भेटेको अनुभूति भयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...