News Portal

रेडियो सुन्नुहोस्

लकडाउन आदेशको पालना गर्न मुख्यमन्त्रिको आह्वान

सिखबर संवाददाता११ चैत्र, प्यूठान
१०८९ पटक
११ चैत्र, प्यूठान

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले लकडाउन आदेशको पालना गर्न आह्वान गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत आफु सुरक्षित हुन र अरुलाई सुरक्षित हुनको निम्ति सहयोग गर्न आदेशको पालनाको निम्ति आग्रह गर्नुभएको हो।

उहांले आज आफ्नो सामाजिक सञ्जाल फेसवुकमा आग्रह गर्दै लेख्नुभएको छ-‘लकडाउनको अवधिमा अत्यावश्यक सेवा वाहेकका अन्य सवारी साधन र व्यक्तिहरु सवारी साधन सहित सडकमा आउनेक्रम नरोकिएको गुनासो आइरहेकोले निर्देशनको अनिवार्य पालना गर्नुपर्नेछ । निर्माणजन्य सामाग्री ढुवानीका साधनहरु पनि रोकिएको छ । त्यस्ता साधनहरु चलेको पाइएमा सुरक्षाकर्मीले रोक्न र कार्वाहीको प्रकृया अघि वढाउन सक्छन् । सबैले आदेशहरुको पालना गरौ । आफु सुरक्षित होउ अरुलाई पनि सुरक्षित हुन सहयोग गरौ ।’

लकडाउनको अवज्ञा गर्नेलाई विभिन्न जिल्लावाट प्रहरिले नियन्त्रणमा लिएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...