News Portal

रेडियो सुन्नुहोस्

क्वारेन्टाईनका लागि निजी क्षेत्रको सहयोग जुट्दै

वोम वहादुर परियार१५ चैत्र, प्यूठान
१३४५ पटक
१५ चैत्र, प्यूठान

प्यूठान उध्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपती र हाम्रो राम्रो ग्रुपका अध्यक्ष सन्देश आचार्यले संयुक्तरुपमा क्वारेन्टाईनका लागि आवस्यक सामाग्री प्यूठान नगरपालीकालाई उपलव्ध गराउनु भएको छ।
प्यूठान नगरपालीकास्थित निर्माण गरिएका क्वारेन्टाईनलाई आवश्यकता अनुसार प्रयोग गर्नेगरी सामाग्रीहरु प्राप्त भएको प्यूठान नगरपालीकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले वताउनु भयो। कक्षपती र आचार्यले संयुक्तरुपमा २० थान व्लाङकेट, २०थान म्याट, २० थान सिरानी र २० थान तन्ना उपलव्ध गराउनुभएको हो।
निजी क्षेत्र पनि विपदमा मौन नरहेर सामाजीक उत्तरदायित्वमा सहभागीता जनाउन क्वारेन्टाईनका लागि आवश्यक सामाग्री उपलव्ध गराएको आचार्यले वताउनु भयो।

यस्तै, राज डेकोर होम बिजुवारका प्रोप्राईटर झपेन्द्र शर्माले क्वारेन्टाईनका लागी १० थान सिरानी र १० थान ब्लाङ्केट प्युठान नगरपालिकालाई हस्तान्तरण गर्नुभएको छ । २०६८ साल देखि प्युठान बिजुवारमा फर्निचर फर्निसिङ्ग ब्याबसाय गर्दै आउनुभएका युवा ब्याबसायि शर्माले सामाजिक उत्तरदायीत्वका हिसाबले आफुले स्वत स्फुर्त रुपमा ब्याक्तीगत ढंगबाट बिपदको घडिमा सामग्री दिएको बताउनु भयो ।

यस्तै,
प्यूठान नगरपालीका मेयर अर्जुनकुमार कक्षपतीले खाध्यान्न सकिएर संकटमा परेको एक विपन्न परिवारलाई दैनिक उपभोग्य सामाग्री सहयोग उपलव्ध गराउनु भएको छ। वर्डा नं ३ का धन वहादुर केएमको परिवारलाई चामल, दाल, नुन र तेल दिनुभएको हो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...