News Portal

रेडियो सुन्नुहोस्

क्वारेन्टाईनका लागि निजी क्षेत्रको सहयोग जुट्दै

वोम वहादुर परियार१५ चैत्र, प्यूठान
१५२७ पटक
१५ चैत्र, प्यूठान

प्यूठान उध्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपती र हाम्रो राम्रो ग्रुपका अध्यक्ष सन्देश आचार्यले संयुक्तरुपमा क्वारेन्टाईनका लागि आवस्यक सामाग्री प्यूठान नगरपालीकालाई उपलव्ध गराउनु भएको छ।
प्यूठान नगरपालीकास्थित निर्माण गरिएका क्वारेन्टाईनलाई आवश्यकता अनुसार प्रयोग गर्नेगरी सामाग्रीहरु प्राप्त भएको प्यूठान नगरपालीकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले वताउनु भयो। कक्षपती र आचार्यले संयुक्तरुपमा २० थान व्लाङकेट, २०थान म्याट, २० थान सिरानी र २० थान तन्ना उपलव्ध गराउनुभएको हो।
निजी क्षेत्र पनि विपदमा मौन नरहेर सामाजीक उत्तरदायित्वमा सहभागीता जनाउन क्वारेन्टाईनका लागि आवश्यक सामाग्री उपलव्ध गराएको आचार्यले वताउनु भयो।

यस्तै, राज डेकोर होम बिजुवारका प्रोप्राईटर झपेन्द्र शर्माले क्वारेन्टाईनका लागी १० थान सिरानी र १० थान ब्लाङ्केट प्युठान नगरपालिकालाई हस्तान्तरण गर्नुभएको छ । २०६८ साल देखि प्युठान बिजुवारमा फर्निचर फर्निसिङ्ग ब्याबसाय गर्दै आउनुभएका युवा ब्याबसायि शर्माले सामाजिक उत्तरदायीत्वका हिसाबले आफुले स्वत स्फुर्त रुपमा ब्याक्तीगत ढंगबाट बिपदको घडिमा सामग्री दिएको बताउनु भयो ।

यस्तै,
प्यूठान नगरपालीका मेयर अर्जुनकुमार कक्षपतीले खाध्यान्न सकिएर संकटमा परेको एक विपन्न परिवारलाई दैनिक उपभोग्य सामाग्री सहयोग उपलव्ध गराउनु भएको छ। वर्डा नं ३ का धन वहादुर केएमको परिवारलाई चामल, दाल, नुन र तेल दिनुभएको हो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...