News Portal

रेडियो सुन्नुहोस्

जिल्ला अस्पताललाई पिपिई हस्तान्तरण

नोमराज पौडेलचैत्र २९, २०७६
११११ पटक
चैत्र २९, २०७६

जिल्ला अस्पताल बिजुवार प्यूठानलाई आज ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरिएको छ।
प्रभू लाइफ इन्स्योरेन्स र शाइन रेसुंगा बैंक डेभलपमेन्ट बैंक लिमिटेडको सहयोगमा आएको ५० सेट पिपिई प्यूठान नगरपालिकाका मेयर अर्जून कुमार कक्षपतिले जिल्ला अस्पताल प्यूठानमा कार्यरत एमडिजिपि डा. सुनिल सुनारलाई हस्तान्तरण गरेका हुन्। स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमणको जोखिम अत्यधिक भएको भन्दै उनले भने–“धेरै ठाउँहरुमा पिपिई अभावका कारण डाक्टरहरुले सामान्य बिरामीहरु पनि नहेर्ने स्थिति छ यहाँ त्यसो नहोस् भनेर पिपिई प्रदान गरेका हौं।”मेयर कक्षपतिले सहयोग गर्ने सहयोगी निकायलाई धन्यबाद समेत दिए।
कार्यक्रममा पिपिई ग्रहण गर्दै जिल्ला अस्पताल प्यूठानका एम.डि.जि.पि डाक्टर सुनिल सुनारले अस्पतालमा आउने बिरामीहरुलाई आफु सुरक्षित भएपछि अरुलाई पनि सेवा प्रदान गर्न सहज हुने बताए। जिल्ला अस्पतालमा पिपिई एकदमै कम थियो उनले भने–“ यो पिपिई सेटले उपचार गर्दा हामीलाई सुरक्षा प्रदान गर्नुका साथै निकै सहयोगी हुनेछ।”
कोरोना भाईरस संक्रमणका बिरामी आउन सक्ने अबस्थालाई ध्यान दिदै अस्पतालले ज्वरो आएका बिरामीहरुलाई छुट्टै चेकजाँच गर्नका लागि फिभर क्लिनिक स्थापना गरेको छ। त्यहाँ सामान्य चेकजाँच गरिसकेपछि मात्र अस्पतालमा आउने बिरामीहरुलाई अन्य उपचार सेवा प्रदान गर्ने गरिएको उनले जानकारी दिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...