News Portal

रेडियो सुन्नुहोस्

वास्तविक पिडितहरुले राहत पाउने वातावरण बनाउन प्रेस संगठन प्यूठानको आग्रह

खाना बस्न कुनै समस्या पत्रकारलाई हुन नदिने बिज्ञप्ती मार्फत जानकारी

सिखबर संवाददाता ६ वैशाख
८१२ पटक
६ वैशाख

प्यूठान, प्रेस संगठन नेपाल जिल्ला शाखा प्यूठानले लकडाउनका बेला स्थानिय सरकारले वितरण गरिरहेको राहतलाई वास्तविक पिडितले पाउने गरि वितरण गर्न आग्रह गरेको छ।
संयोजक नोमराज पौडेलद्धारा हस्ताक्षरित बिज्ञप्तीमा राहत वितरण न्यायोचित र वास्तविक पिडित सम्म पुग्ने वातावरण तयार गरि वितरण गर्न आग्रह गरेको छ। साथै राहत वितरण गर्दा स्थानिय सरकारले अन्य सरोकारवाला निकाय संग समन्वय गर्न अपिल गरिएको छ।
स्थानिय सरकाले सुचनालाई एकद्धार प्रणालीबाट सम्प्रेषण गरि पत्रकारहरुलाई छिटो छरितो रुपमा सुुचना पाउने वातावरण मिलाउन समेत बिज्ञप्ती मार्फत आग्रह गरिएको छ।
जिल्लाका पत्रकारहरुलाई लकडाउनका बेला समाचार सम्प्रेषण र लेखनमा कुनै समस्या आएमा संगठनले समाधान गर्न पहल गर्ने र खाना बस्न वा अन्य कुनै समस्या परेमा समाधान गर्ने भन्दै पत्रकारहरुलाई निर्धक्कका साथ सुरक्षित भएर कलम चलाउन आग्रह गरेको छ।
बिज्ञप्ती मार्फत नागरिकको लागि खटेर सुचना प्रवाह गर्ने सम्पुर्ण जिल्लाका श्रमजीवी पत्रकारहरुलाई धन्यबाद दिएको छ। साथै पत्रकारिताका आधारभूत मान्यतालाई आत्मसाथ गर्दै सत्य तथ्य बिषयलाई अझै प्रभावकारी रुपमा प्रस्तुत गरि नागरिकको पहरेदारको रुपमा स्थापित हुन आग्रह गरिएको छ। संगठनले पत्रकारहरुलाई आर्थिक समस्या पर्न सक्ने तर्फ सचेत बनाउँदै समयमै तलव दिन मिडिया संचालकहरुलाई आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...