News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका स्थानिय सरकार प्रमुखले गरे नेता गौतमको प्रशंसा

सिखबर संवाददाता१६ वैशाख
९८१ पटक
१६ वैशाख

नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा)का केन्द्रिय उपाध्यक्ष एवं संगठन विभाग प्रमुख बामदेव गौतमको प्यूठानका स्थानिय सरकार प्रमुखहरुले प्रशंसा गर्नुभएको छ।
नेता गौतमको पहलमा ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई सेट)लगाएतका स्वास्थ्य सामग्रीहरु नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा) जिल्ला संगठन समिति मार्फत गाउँपालिकाका प्रमुखहरुलाई हस्तान्तरण गरिएको छ। राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानाले नेता गौतमको खुलेर प्रशंसा गर्नुभयो।
स्थानिय सरकारको तर्फबाट हार्दिक धन्यवाद दिन्छु अध्यक्ष रानाले भन्नुभयो “ एकद्वार नीति अपनाएर नेता गौतमले हामीलाई सहयोग गर्नुभयो। अहिलेको परिस्थितिमा यो निकै ठूलो सहयोग हो।”
नेकपाका जिल्ला अध्यक्ष तुल्सीराम शर्माले स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको सामग्री बुझेर भपाईमा गरी हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष रानाले गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुलाई पिपिई सेट प्रदान गर्ने र अरु आवश्यकता अनुसार वडाहरुमा बाँड्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो। यो संकटमा नेता गौतमको पहलमा आएको सामग्रीले कोरोना संक्रमणबाट बच्न र बचाउन सहयोग मिल्ने समेत अध्यक्ष रानाले बताउनुभयो।
नेपाली कांग्रेसबाट निर्वाचित भएका ऐरावति गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले संकटको बेला गौतमले गरेको सहयोगले आफुहरुलाई राहत मिलेको बताउनुभयो। नेताले संकटको बेला सम्झने हो अध्यक्ष शाहले भन्नुभयो–“ गौतमले हाम्रो गाउँपालिकालाई सम्झनुभयो हामी खुसी छौं यसको सहि सदुपयोगमा ध्यान दिएर बाड्नेछौं।”
गाउँपालिका अध्यक्ष शाहले स्थानिय सरकारमा विपत ब्यवस्थापनका लागि श्रोत र साधन पर्याप्त नभएको अवस्थामा सहयोग गरेको भन्दै गौतमको प्रशंसा गर्नुभयो।
नौबहिनी गाउँपालिका अध्यक्ष शिव रिजालले पनि नेता गौतमको प्रशंसा गर्नुभएको छ। उहाँले गौतमको पहलमा आएको स्वास्थ्य सामग्रीले कोरोना भाइरसबाट बच्नको लागि सहयोग पुग्ने बताउनुभयो।
अध्यक्ष रिजालले आफुहरुले प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएत काममा खट्ने कर्मचारीहरुलाई वितरण गर्ने तथा आवश्यकता अनुसार वडासम्म पठाउने बताउनुभयो। स्वास्थ्य सामग्रीको कृतिम अभाव, महंगो पर्ने र स्थानिय सरकारसंग पर्याप्त मात्रामा नभएको सन्दर्भमा सहयोग गरेकोमा गौतमलाई धन्यवाद दिनुभयो।
नेपाली कांग्रेसबाट उम्मेद्वार बनेर निर्वाचित हुनु भएका गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले पनि संकटको बेला नेता गौतमले गरेको सहयोगले कोरोना संक्रमणबाट बच्नका लागि मद्दत गर्ने बताउनुभयो। उहाँले गौतमले एकद्धार प्रणाली अपनाएर स्थानिय सरकार मार्फत स्वास्थ्य सामग्री वितरण गर्नु आफैमा राम्रो संदेश भएको बताउनुभयो। गौतमको खुलेर प्रशंसा गरेका गिरीले प्रमुख प्रशासकिय अधिकृत मार्फत विज्ञप्ति निकालेर समेत धन्यवाद दिएको बताउनु भयो।
राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जि.सीले पनि स्वास्थ्य सामग्री बुझ्दै नेता बामदेव गौतम सहित (ने.क.पा)ले अभावको बेला सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्नुभएको छ।
सरुमारानी गाउँपालिका अध्यक्ष झक बहादुर विश्वकर्माले गौतम जिल्लाको साझा नेता बन्दै गईरहेको र अझै जिल्लाको विकासमा लाग्नुपर्ने बताउनुभयो। उहाँले एकद्वार प्रणाली मार्फत राहत वितरण गर्न लगाएर एकताको सन्देश दिएको बताउनुभयो।
प्यूठान नगरपालिकाका मेयर अर्जून कुमार कक्षपतिले आफु जन्मेको भूमिको माया गौतमले प्रकट गरेको भन्दै खुलेर प्रशंसा गर्नुभयो। कोरोना संक्रमणको जोखिम कम गर्नका लागि उहाँले गरेको सहयोगले राहत महसुस हुने मेयर कक्षपतिले बताउनुभयो।
व्यक्तिगत सुरक्षा सामग्री जिल्लाका ७ वटा गाउँपालिकालाई समानुपातिक रुपमा वितरण गरिएको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)का प्रचार विभाग प्रमुख ईमान सिंह भारतीले जानकारी दिनुभयो। १ हजार २ सय माक्स, २ प्याकेट हेड क्याप, ९ सेट पिपिई, स्यानीटाईजर ७५ पिस र पञ्जा १ सय पिस का दरले सवै गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।

प्रतिकृया दिनुहोस्

स्वास्थ्यमन्त्री पुनद्वारा प्यूठान अस्पतालको निरिक्षण

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगर (सिजल) ले प्यूठान अस्पत्तालको निरिक्षण गरेका छन् ।...

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...