News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका स्थानिय सरकार प्रमुखले गरे नेता गौतमको प्रशंसा

सिखबर संवाददाता१६ वैशाख
१३८९ पटक
१६ वैशाख

नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा)का केन्द्रिय उपाध्यक्ष एवं संगठन विभाग प्रमुख बामदेव गौतमको प्यूठानका स्थानिय सरकार प्रमुखहरुले प्रशंसा गर्नुभएको छ।
नेता गौतमको पहलमा ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई सेट)लगाएतका स्वास्थ्य सामग्रीहरु नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा) जिल्ला संगठन समिति मार्फत गाउँपालिकाका प्रमुखहरुलाई हस्तान्तरण गरिएको छ। राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानाले नेता गौतमको खुलेर प्रशंसा गर्नुभयो।
स्थानिय सरकारको तर्फबाट हार्दिक धन्यवाद दिन्छु अध्यक्ष रानाले भन्नुभयो “ एकद्वार नीति अपनाएर नेता गौतमले हामीलाई सहयोग गर्नुभयो। अहिलेको परिस्थितिमा यो निकै ठूलो सहयोग हो।”
नेकपाका जिल्ला अध्यक्ष तुल्सीराम शर्माले स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको सामग्री बुझेर भपाईमा गरी हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष रानाले गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुलाई पिपिई सेट प्रदान गर्ने र अरु आवश्यकता अनुसार वडाहरुमा बाँड्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो। यो संकटमा नेता गौतमको पहलमा आएको सामग्रीले कोरोना संक्रमणबाट बच्न र बचाउन सहयोग मिल्ने समेत अध्यक्ष रानाले बताउनुभयो।
नेपाली कांग्रेसबाट निर्वाचित भएका ऐरावति गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले संकटको बेला गौतमले गरेको सहयोगले आफुहरुलाई राहत मिलेको बताउनुभयो। नेताले संकटको बेला सम्झने हो अध्यक्ष शाहले भन्नुभयो–“ गौतमले हाम्रो गाउँपालिकालाई सम्झनुभयो हामी खुसी छौं यसको सहि सदुपयोगमा ध्यान दिएर बाड्नेछौं।”
गाउँपालिका अध्यक्ष शाहले स्थानिय सरकारमा विपत ब्यवस्थापनका लागि श्रोत र साधन पर्याप्त नभएको अवस्थामा सहयोग गरेको भन्दै गौतमको प्रशंसा गर्नुभयो।
नौबहिनी गाउँपालिका अध्यक्ष शिव रिजालले पनि नेता गौतमको प्रशंसा गर्नुभएको छ। उहाँले गौतमको पहलमा आएको स्वास्थ्य सामग्रीले कोरोना भाइरसबाट बच्नको लागि सहयोग पुग्ने बताउनुभयो।
अध्यक्ष रिजालले आफुहरुले प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएत काममा खट्ने कर्मचारीहरुलाई वितरण गर्ने तथा आवश्यकता अनुसार वडासम्म पठाउने बताउनुभयो। स्वास्थ्य सामग्रीको कृतिम अभाव, महंगो पर्ने र स्थानिय सरकारसंग पर्याप्त मात्रामा नभएको सन्दर्भमा सहयोग गरेकोमा गौतमलाई धन्यवाद दिनुभयो।
नेपाली कांग्रेसबाट उम्मेद्वार बनेर निर्वाचित हुनु भएका गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले पनि संकटको बेला नेता गौतमले गरेको सहयोगले कोरोना संक्रमणबाट बच्नका लागि मद्दत गर्ने बताउनुभयो। उहाँले गौतमले एकद्धार प्रणाली अपनाएर स्थानिय सरकार मार्फत स्वास्थ्य सामग्री वितरण गर्नु आफैमा राम्रो संदेश भएको बताउनुभयो। गौतमको खुलेर प्रशंसा गरेका गिरीले प्रमुख प्रशासकिय अधिकृत मार्फत विज्ञप्ति निकालेर समेत धन्यवाद दिएको बताउनु भयो।
राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जि.सीले पनि स्वास्थ्य सामग्री बुझ्दै नेता बामदेव गौतम सहित (ने.क.पा)ले अभावको बेला सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्नुभएको छ।
सरुमारानी गाउँपालिका अध्यक्ष झक बहादुर विश्वकर्माले गौतम जिल्लाको साझा नेता बन्दै गईरहेको र अझै जिल्लाको विकासमा लाग्नुपर्ने बताउनुभयो। उहाँले एकद्वार प्रणाली मार्फत राहत वितरण गर्न लगाएर एकताको सन्देश दिएको बताउनुभयो।
प्यूठान नगरपालिकाका मेयर अर्जून कुमार कक्षपतिले आफु जन्मेको भूमिको माया गौतमले प्रकट गरेको भन्दै खुलेर प्रशंसा गर्नुभयो। कोरोना संक्रमणको जोखिम कम गर्नका लागि उहाँले गरेको सहयोगले राहत महसुस हुने मेयर कक्षपतिले बताउनुभयो।
व्यक्तिगत सुरक्षा सामग्री जिल्लाका ७ वटा गाउँपालिकालाई समानुपातिक रुपमा वितरण गरिएको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)का प्रचार विभाग प्रमुख ईमान सिंह भारतीले जानकारी दिनुभयो। १ हजार २ सय माक्स, २ प्याकेट हेड क्याप, ९ सेट पिपिई, स्यानीटाईजर ७५ पिस र पञ्जा १ सय पिस का दरले सवै गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...