News Portal

रेडियो सुन्नुहोस्

नेकपा झिमरुक गाँउ कमिटीको जनभेटघाट, ११ जना पार्टी प्रवेश

सिखवर समाचारदाता१३ श्रावण, प्यूठान
१५१३ पटक
१३ श्रावण, प्यूठान

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) झिमरुक गाँउ कमिटीले झिमरुक गाँउपालीका वर्डा नँ ३ मा जनभेटघाट सम्पन्न गरेको छ। वडास्थित पार्टिका अगुवा कार्यकर्ताहरुसंग भेटघाट गरिएको त्यहाँवाट मिलन एमसी ले जानकारी दिनुभयो। कार्यक्रममा त्यहाँका ११ जना राष्टिय जनमोर्चाका कार्यकर्ताहरुले पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

कार्यक्रममा वोल्दै नेपाल कम्युनिष्ट पार्टी प्रदेश कमिटी सचिवालय सदस्य पित वहादुर एम सि ले जनताले मुलुक समृद्धी र परिवर्तनको भरोसा गरेर नेपाल कम्युनिष्ट पार्टीलाई मतदान गरेकाले यहि पार्टीले नै नेपालको समृद्धी र विकास गर्ने वताउनु भएको छ। पार्टीमा हुने वैचारीक मन्थन र छलफलवाट कोहि निरास हुन नहुने भन्दै उहाँले छलफलले पार्टीलाई थप मजवुत र एकतावद्ध वनाउने वताउनु भयो।

नेपाल कम्युनिष्ट पार्टी निर्माणपछी स्थानिय नेता तथा कार्यकर्तामा निरासा छाएको वेला झिमरुक गाँउ कमिटिले भेटघाटको आयोजना गरेको हो। नेपाल कम्युनिष्ट पार्टीको निर्माणको छोटो समयमै पार्टी केन्द्रमा दुई अध्यक्षविच श्रृजना भएको असमझदारी र विवादले कार्यकर्ताहरुमा पार्टीप्रति निरासा पलाएको छ। स्थानिय कार्यकर्ताले पार्टी एकढिक्का भएर अगाडि वढ्दै गत चुनावको वेला जनताविच गरेका प्रतिवद्धताहरु पुरा गर्न नेतृत्वलाई सुझाव दिएका छन्।

नेकपाका युवा नेताहरु मिलन एमसी, खडक बहादुर थापा, लीला जिसी, जितेन्द्र जिसीर वडा कमिटी सचिव कुलबहादुर केसीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...