News Portal

रेडियो सुन्नुहोस्

नेकपा झिमरुक गाँउ कमिटीको जनभेटघाट, ११ जना पार्टी प्रवेश

सिखवर समाचारदाता१३ श्रावण, प्यूठान
१५४९ पटक
१३ श्रावण, प्यूठान

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) झिमरुक गाँउ कमिटीले झिमरुक गाँउपालीका वर्डा नँ ३ मा जनभेटघाट सम्पन्न गरेको छ। वडास्थित पार्टिका अगुवा कार्यकर्ताहरुसंग भेटघाट गरिएको त्यहाँवाट मिलन एमसी ले जानकारी दिनुभयो। कार्यक्रममा त्यहाँका ११ जना राष्टिय जनमोर्चाका कार्यकर्ताहरुले पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

कार्यक्रममा वोल्दै नेपाल कम्युनिष्ट पार्टी प्रदेश कमिटी सचिवालय सदस्य पित वहादुर एम सि ले जनताले मुलुक समृद्धी र परिवर्तनको भरोसा गरेर नेपाल कम्युनिष्ट पार्टीलाई मतदान गरेकाले यहि पार्टीले नै नेपालको समृद्धी र विकास गर्ने वताउनु भएको छ। पार्टीमा हुने वैचारीक मन्थन र छलफलवाट कोहि निरास हुन नहुने भन्दै उहाँले छलफलले पार्टीलाई थप मजवुत र एकतावद्ध वनाउने वताउनु भयो।

नेपाल कम्युनिष्ट पार्टी निर्माणपछी स्थानिय नेता तथा कार्यकर्तामा निरासा छाएको वेला झिमरुक गाँउ कमिटिले भेटघाटको आयोजना गरेको हो। नेपाल कम्युनिष्ट पार्टीको निर्माणको छोटो समयमै पार्टी केन्द्रमा दुई अध्यक्षविच श्रृजना भएको असमझदारी र विवादले कार्यकर्ताहरुमा पार्टीप्रति निरासा पलाएको छ। स्थानिय कार्यकर्ताले पार्टी एकढिक्का भएर अगाडि वढ्दै गत चुनावको वेला जनताविच गरेका प्रतिवद्धताहरु पुरा गर्न नेतृत्वलाई सुझाव दिएका छन्।

नेकपाका युवा नेताहरु मिलन एमसी, खडक बहादुर थापा, लीला जिसी, जितेन्द्र जिसीर वडा कमिटी सचिव कुलबहादुर केसीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...