News Portal

रेडियो सुन्नुहोस्

स्थानीयको सकृयतामा कुटि छहरा जाने बाटो जोडियो ,पर्यटक जान सहज

बाेम बहादुर परियार
१७५४ पटक

साउन १८ ,प्युठान
प्यूठान नगरपालिका ८ स्थीत कुटी छहरा पर्यटन संभावना बोकेको ठाउँ हो । यो ठाउँ परापुर्व काल देखीनै परिचित ठाउँ भएकाले यसको संरक्षण र पर्यटन प्रवद्दनका लागि स्थानीय बासीहरुको सकृयतामा सोहि ठाउमा जाने मोटर बाटो निर्माण गरीएको छ । स्थानीय बासीको सकृयतामा कुटि छहरा जोडने करीव २ किलो मिटर बाटोका आज उद्घाटन समेत गरीएको हो ।


लगडाउनको समय सदुपयोग गर्दै करीव २ सय ५० जनाको श्रमदानमा सुर्यनगर देखी कुटी छहरा सम्म २ किलो मिटर मोटर बाटोे स्थानीय रामबहादुर एमसीको नेतृत्वमा मैनौ लगाई निर्माण कार्य सम्पन्न गरीएको हो । कुटी छहरा जानको निम्ती सहज थिएन पैदल यात्रमा पनी कठिन हुने भएकोले स्थानीयको श्रमदानमा बाटो खन्ने कार्य गरेको एमसी ले बताए ।
कुटि छहरा पर्यटन स्थल बने पनि मान्छे सजिलै हिड्न सक्ने थिएनन् । अव मोटर साइकल सम्म जान सक्ने भएको छ । मोटर बाटो बनेर राम्रो भयो तर खनिएको बाटोबाट अग्नि रेखामा पनि सहयोग पुग्ने एम सी ले बताए । यो कार्य गर्न चुनौति थियो तर पानी झरी पनी नभनी स्थानीयहरु बटो खन्नमा सकृय भएकोे एम सी ले भने ।
कोभिड १९ ले गर्दा बन्दा बन्दी थियो तर स्थानीयहरु घरमै बसेको समयलाई सदुपयोग गर्दै बाटो निर्माण सम्पन्न भए पछी स्थानीय खुसी छन । अहिले कुटि छहरामा विदाको दिन पारी घुम्न तथा बनभोज खान सक्ने बातावरण सृजना भएको छ । पर्यटन विकासका लागि वडाले केहि वजेट विनियोजन गरी प्रवद्धन गर्नु पर्ने स्थानीएहरुको माग छ । रानी काम्लामा रहेको रिचार्ज पोखरी सुधारका लागि स्थानीय सरकार संग पहल गर्ने स्थानीय लागि पर्ने बताएका छन
स्थानीयको सकृयतामा निर्माण मोटरबाटो उद्घाटनमा नगरपालिका ८ का वडा सचिव कृष्ण बहादुर थापा मोटर साइकलमै कुटि छहरामा पुगेका थिए ।
प्यूठान नगरपालिका वडा नं ८ को मुख्य पर्यटकिय क्षेत्र कुटि छहरा भएकोले कुटि छहरा विकास गरी पर्यटन प्रवद्धनमा वडाले पहल गर्ने वडा अध्यक्ष लिलाप सिह केसीले बताए । उने भने खप्रेङखोला देखी रानीकाम्ला सम्म मोटरबाटो जोडी सकेका छौ अव कुटि छहरा सम्मका लागि आगामी दिनमा बजेट छुट्टयाइ पर्यटन प्रवद्धनमा लाग्ने केसीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...