News Portal

रेडियो सुन्नुहोस्

स्थानीयको सकृयतामा कुटि छहरा जाने बाटो जोडियो ,पर्यटक जान सहज

बाेम बहादुर परियार
१३३२ पटक

साउन १८ ,प्युठान
प्यूठान नगरपालिका ८ स्थीत कुटी छहरा पर्यटन संभावना बोकेको ठाउँ हो । यो ठाउँ परापुर्व काल देखीनै परिचित ठाउँ भएकाले यसको संरक्षण र पर्यटन प्रवद्दनका लागि स्थानीय बासीहरुको सकृयतामा सोहि ठाउमा जाने मोटर बाटो निर्माण गरीएको छ । स्थानीय बासीको सकृयतामा कुटि छहरा जोडने करीव २ किलो मिटर बाटोका आज उद्घाटन समेत गरीएको हो ।


लगडाउनको समय सदुपयोग गर्दै करीव २ सय ५० जनाको श्रमदानमा सुर्यनगर देखी कुटी छहरा सम्म २ किलो मिटर मोटर बाटोे स्थानीय रामबहादुर एमसीको नेतृत्वमा मैनौ लगाई निर्माण कार्य सम्पन्न गरीएको हो । कुटी छहरा जानको निम्ती सहज थिएन पैदल यात्रमा पनी कठिन हुने भएकोले स्थानीयको श्रमदानमा बाटो खन्ने कार्य गरेको एमसी ले बताए ।
कुटि छहरा पर्यटन स्थल बने पनि मान्छे सजिलै हिड्न सक्ने थिएनन् । अव मोटर साइकल सम्म जान सक्ने भएको छ । मोटर बाटो बनेर राम्रो भयो तर खनिएको बाटोबाट अग्नि रेखामा पनि सहयोग पुग्ने एम सी ले बताए । यो कार्य गर्न चुनौति थियो तर पानी झरी पनी नभनी स्थानीयहरु बटो खन्नमा सकृय भएकोे एम सी ले भने ।
कोभिड १९ ले गर्दा बन्दा बन्दी थियो तर स्थानीयहरु घरमै बसेको समयलाई सदुपयोग गर्दै बाटो निर्माण सम्पन्न भए पछी स्थानीय खुसी छन । अहिले कुटि छहरामा विदाको दिन पारी घुम्न तथा बनभोज खान सक्ने बातावरण सृजना भएको छ । पर्यटन विकासका लागि वडाले केहि वजेट विनियोजन गरी प्रवद्धन गर्नु पर्ने स्थानीएहरुको माग छ । रानी काम्लामा रहेको रिचार्ज पोखरी सुधारका लागि स्थानीय सरकार संग पहल गर्ने स्थानीय लागि पर्ने बताएका छन
स्थानीयको सकृयतामा निर्माण मोटरबाटो उद्घाटनमा नगरपालिका ८ का वडा सचिव कृष्ण बहादुर थापा मोटर साइकलमै कुटि छहरामा पुगेका थिए ।
प्यूठान नगरपालिका वडा नं ८ को मुख्य पर्यटकिय क्षेत्र कुटि छहरा भएकोले कुटि छहरा विकास गरी पर्यटन प्रवद्धनमा वडाले पहल गर्ने वडा अध्यक्ष लिलाप सिह केसीले बताए । उने भने खप्रेङखोला देखी रानीकाम्ला सम्म मोटरबाटो जोडी सकेका छौ अव कुटि छहरा सम्मका लागि आगामी दिनमा बजेट छुट्टयाइ पर्यटन प्रवद्धनमा लाग्ने केसीले बताए ।

प्रतिकृया दिनुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...