News Portal

रेडियो सुन्नुहोस्

स्थायि कर्मचारीको सदस्यता नविकरण नगर्ने पत्रकार महासंघ प्यूठानको निर्णय

सिखबर संवाददाता३२ श्रावण, प्यूठान
११९० पटक
३२ श्रावण, प्यूठान

नेपाल पत्रकार महासंघ, प्यूठान शाखाले स्थायि सरकारी कर्मचारीको साधारण सदस्यता नविकरण नगर्ने निर्णय गरेको छ। महासंघको सदस्यता प्राप्ती तथा नविकरण कार्यविधी २०७६ वमोजिम स्थायि कर्मचरी र जिल्लास्तरमा राजनीतिक दलको पदाधिकारी रहेका सदस्यको सदस्यता नविकरण नगर्ने निर्णय गरेको छ।

महासंघको आज वसेको कार्यसमिती वैठकले महासंघको सदस्यता प्राप्त गरेपछी स्थायि सरकारी कर्मचारी वनेका ५ जना र राजनितीक दलको जिल्ला समितिको पदाधिकारी रहेका १ जना गरि ६ जना साधारण सदस्यको सदस्यता नविकरण नगर्ने निर्णय गरेको हो।

यस्तै, विगतमा पत्रकारीता गरेर हाल उक्त पेशावाहेक अन्य ठाँउमा संलग्न जो कोहिलाई पनि सदस्यता परित्याग गर्न महासंघले आग्रह गरेको छ। विगतमा पत्रकारीता गर्दा पत्रकार महासंघको सदस्यता लिएर हाल विभिन्न व्यापार, व्यवसाय, जागिर लगायतका क्षेत्रमा संलग्न सदस्यलाई स्वेच्छिक रुपमा सदस्यता परित्याग गर्न महासंघले आह्वान गरेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...