News Portal

रेडियो सुन्नुहोस्

स्थायि कर्मचारीको सदस्यता नविकरण नगर्ने पत्रकार महासंघ प्यूठानको निर्णय

सिखबर संवाददाता३२ श्रावण, प्यूठान
१४३३ पटक
३२ श्रावण, प्यूठान

नेपाल पत्रकार महासंघ, प्यूठान शाखाले स्थायि सरकारी कर्मचारीको साधारण सदस्यता नविकरण नगर्ने निर्णय गरेको छ। महासंघको सदस्यता प्राप्ती तथा नविकरण कार्यविधी २०७६ वमोजिम स्थायि कर्मचरी र जिल्लास्तरमा राजनीतिक दलको पदाधिकारी रहेका सदस्यको सदस्यता नविकरण नगर्ने निर्णय गरेको छ।

महासंघको आज वसेको कार्यसमिती वैठकले महासंघको सदस्यता प्राप्त गरेपछी स्थायि सरकारी कर्मचारी वनेका ५ जना र राजनितीक दलको जिल्ला समितिको पदाधिकारी रहेका १ जना गरि ६ जना साधारण सदस्यको सदस्यता नविकरण नगर्ने निर्णय गरेको हो।

यस्तै, विगतमा पत्रकारीता गरेर हाल उक्त पेशावाहेक अन्य ठाँउमा संलग्न जो कोहिलाई पनि सदस्यता परित्याग गर्न महासंघले आग्रह गरेको छ। विगतमा पत्रकारीता गर्दा पत्रकार महासंघको सदस्यता लिएर हाल विभिन्न व्यापार, व्यवसाय, जागिर लगायतका क्षेत्रमा संलग्न सदस्यलाई स्वेच्छिक रुपमा सदस्यता परित्याग गर्न महासंघले आह्वान गरेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...