News Portal

रेडियो सुन्नुहोस्

गायिका भुमिका गिरीले मृगौला पिडित सुकलाल तामाङलाई गरिन २० हजार सहयोग

बोम वहादुर परियार२ भाद्र, प्यूठान
१४६८ पटक
२ भाद्र, प्यूठान

दुबै मृगौला फेल भई उपचार गर्न आर्थिक समस्या रहेका रामेछाप जिल्ला दोरम्बा गाउपालिका वडा नम्बर २ रामेछाप निबासि ३५ वार्षिय सुकलाल तामाङलाई सोमबार नेपालि लोक तथा दोहोरी गायिका भुमिका गिरिले २० हजार सहयोग गर्नुभएको छ ।
गत फागुन महिनादेखि शहिद धर्मभक्त रास्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत मृगौला पिडित तामाङलाई कोठामै पुगेर सहयोग गरेको गायिका गिरिले बताउनु भयो । साथै उहाले भन्नुभयो “बिरामी सुकलालको अबस्था समस्याग्रस्त लाग्यो। आफ्नो तिज खर्च कटौती गरि बिरामि को डाईलाईसिसमा सहज होस भनेर २० हजार रकम सहयोग गरेको हु। ” यस अघि पनि समस्यामा रहेका असाह्य मानिसहरुलाई सहयोग गर्दै आईरहेको समेत उहाले बताउनु भयो ।
बिरामि सुकलाल तामाङ अहिले भक्तपुर स्थित कोठा भाडामा आफ्नो परिवारसंग बस्दै आउनुभएको छ । सोमबार दिउसो गायिका भुमिका गिरीको फेसवुक लाईभमा कुराकानि गर्दै बिरामि सुकलालको श्रीमती प्रमिला तामाङले रामेछापमा रहेको घर बाहेक सबै सम्पत्ति बेचेर श्रिमानको उपचार गराईरहेको र सबैलाई सहयोग को लागि अपिल समेत गर्नुभएको छ । “घरमा बालबच्चा एक्लै छोडि श्रीमानको उपचार गर्न आएको हु , हप्तामा २ पटक डाईलाईसिस गर्नु पर्छ। एकपटक डाईलाईसिस गराएको ५ हजार खर्च आउछ सोहि रकम जुटाउन निकै गाह्रो भैरहेको छ।” उहाले बताउनु भयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...