News Portal

रेडियो सुन्नुहोस्

गायिका भुमिका गिरीले मृगौला पिडित सुकलाल तामाङलाई गरिन २० हजार सहयोग

बोम वहादुर परियार२ भाद्र, प्यूठान
१२३७ पटक
२ भाद्र, प्यूठान

दुबै मृगौला फेल भई उपचार गर्न आर्थिक समस्या रहेका रामेछाप जिल्ला दोरम्बा गाउपालिका वडा नम्बर २ रामेछाप निबासि ३५ वार्षिय सुकलाल तामाङलाई सोमबार नेपालि लोक तथा दोहोरी गायिका भुमिका गिरिले २० हजार सहयोग गर्नुभएको छ ।
गत फागुन महिनादेखि शहिद धर्मभक्त रास्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत मृगौला पिडित तामाङलाई कोठामै पुगेर सहयोग गरेको गायिका गिरिले बताउनु भयो । साथै उहाले भन्नुभयो “बिरामी सुकलालको अबस्था समस्याग्रस्त लाग्यो। आफ्नो तिज खर्च कटौती गरि बिरामि को डाईलाईसिसमा सहज होस भनेर २० हजार रकम सहयोग गरेको हु। ” यस अघि पनि समस्यामा रहेका असाह्य मानिसहरुलाई सहयोग गर्दै आईरहेको समेत उहाले बताउनु भयो ।
बिरामि सुकलाल तामाङ अहिले भक्तपुर स्थित कोठा भाडामा आफ्नो परिवारसंग बस्दै आउनुभएको छ । सोमबार दिउसो गायिका भुमिका गिरीको फेसवुक लाईभमा कुराकानि गर्दै बिरामि सुकलालको श्रीमती प्रमिला तामाङले रामेछापमा रहेको घर बाहेक सबै सम्पत्ति बेचेर श्रिमानको उपचार गराईरहेको र सबैलाई सहयोग को लागि अपिल समेत गर्नुभएको छ । “घरमा बालबच्चा एक्लै छोडि श्रीमानको उपचार गर्न आएको हु , हप्तामा २ पटक डाईलाईसिस गर्नु पर्छ। एकपटक डाईलाईसिस गराएको ५ हजार खर्च आउछ सोहि रकम जुटाउन निकै गाह्रो भैरहेको छ।” उहाले बताउनु भयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...