News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारीको नयाँ आकर्षणः फोहरासहितको स्वर्ग वाटिका

हरि भण्डारी७ माघ, स्वर्गद्वारी प्यूठान
११३३ पटक
७ माघ, स्वर्गद्वारी प्यूठान

पवित्र धार्मिक तथा पर्यटकिय स्थल स्वर्गद्वारीमा नयाँ आकर्षणको रुपमा वाटर फाउन्टेन (फोहरा सहितको) स्वर्ग वाटिका थपिएको छ। नेपाली सेनाको सामाजिक आर्थिक विकासका पुर्वाधार निर्माण कार्यक्रम अन्तरगत निर्मित उक्त वाटिका वुधवार नेपाली सेनाका १९ नं बाहिनीअड्डाका बाहिनीपती सहायक रथी मदन कुमार के.सी. ले स्वार्गद्वारी आश्रमलाई हस्तान्तरण गर्नुभएको छ।

नागरिक–सैनिक सम्वन्धलाई थप प्रभावकारी वनाउन उक्त कार्यक्रमको २५ लाख वजेटवाट आवश्यक सामाग्री खरिद गरि नेपाली सेनाकै जनशक्तिले उक्त वाटिका निर्माण गरेको हो। नेपाली सेना ईन्द्रध्वज गणको अगुवाई र डिभिजन वन कार्यालय प्यूठानसंगको सहकार्यमा निर्मित उक्त वाटिकाले स्वर्गद्वारी आउने पर्यटकलाई आराम सौन्दर्यता र मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको बाहिनी पती के.सी. ले वताउनु भयो। उहाँले पृथक र विशिष्ट रुपमा निर्माण गरिएको वाटिकाले स्वर्गद्वारी परिसरको सौन्दर्य र गरिमा वढाउन महत्वपुर्ण भुमिका खेल्नेमा आफु आशावादी रहेको वताउनु भयो।

स्वर्गद्वारी आश्रमका प्रमुख डा. धु्रव श्री रुद्रनन्द ब्रह्मचारीले स्वर्गद्वारी आउने पर्यटकका लागी वाटर फाउन्टेन यौटा नयाँ आकर्षण थपिएको भन्दै निर्माणको निम्ती नेपाली सेनालाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले स्वर्गद्वारी दर्शन गर्न आउने पर्यटकले थकान मेटन र मनोरञ्जन लिनका लागी आकर्षक बाटिकाले महत्वपुर्ण भुमिका खेल्ने भन्दै मन्दिर परिसरमा नयाँ आकर्षण थपिएको समेत वताउनु भयो।

नेपाली सेनाले सैनिक नागरिक सम्वन्धलाई प्रभावकारी वनाउन सामाजिक आर्थिक विकासका पुर्वाधार निर्माण कार्यक्रम नागरिकसंग प्रत्यक्ष जोडिएर गर्दै आएको छ। सोहि कार्यक्रम अन्तरगत आ.व. २०७६/०७७ को वजेटवाट उक्त वाटरफाउन्टेन सहितको वाटिका निर्माण गरिएको ईन्द्रध्वज गण खलंगा व्यारेकका गणपती प्रमुख सेनानी अर्नुनविक्रम थापाले वताउनु भयो। उहाँका अनुसार म्युजिकल वाटर फाउन्टेन, पैदलमार्ग, गेट, वरिपरी तारजाली, रेलिङ लगायतका संरचना निर्माण गरिएको छ।

भने, वाटिका निर्माण, गेट, टहराहरु निर्माण लगायतका लागी डिभिजन वन कार्यालय प्यूठानले आ.व. २०७६/०७७ को वजेटवाट ३५ लाख रुपैयाँ खर्च गरेको जिल्ला वन कार्यालय प्यूठानका रेञ्जर हरि पौडेलले वताउनु भयो।

प्रतिकृया दिनुहोस्

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...