News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारीको नयाँ आकर्षणः फोहरासहितको स्वर्ग वाटिका

हरि भण्डारी७ माघ, स्वर्गद्वारी प्यूठान
१६३७ पटक
७ माघ, स्वर्गद्वारी प्यूठान

पवित्र धार्मिक तथा पर्यटकिय स्थल स्वर्गद्वारीमा नयाँ आकर्षणको रुपमा वाटर फाउन्टेन (फोहरा सहितको) स्वर्ग वाटिका थपिएको छ। नेपाली सेनाको सामाजिक आर्थिक विकासका पुर्वाधार निर्माण कार्यक्रम अन्तरगत निर्मित उक्त वाटिका वुधवार नेपाली सेनाका १९ नं बाहिनीअड्डाका बाहिनीपती सहायक रथी मदन कुमार के.सी. ले स्वार्गद्वारी आश्रमलाई हस्तान्तरण गर्नुभएको छ।

नागरिक–सैनिक सम्वन्धलाई थप प्रभावकारी वनाउन उक्त कार्यक्रमको २५ लाख वजेटवाट आवश्यक सामाग्री खरिद गरि नेपाली सेनाकै जनशक्तिले उक्त वाटिका निर्माण गरेको हो। नेपाली सेना ईन्द्रध्वज गणको अगुवाई र डिभिजन वन कार्यालय प्यूठानसंगको सहकार्यमा निर्मित उक्त वाटिकाले स्वर्गद्वारी आउने पर्यटकलाई आराम सौन्दर्यता र मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको बाहिनी पती के.सी. ले वताउनु भयो। उहाँले पृथक र विशिष्ट रुपमा निर्माण गरिएको वाटिकाले स्वर्गद्वारी परिसरको सौन्दर्य र गरिमा वढाउन महत्वपुर्ण भुमिका खेल्नेमा आफु आशावादी रहेको वताउनु भयो।

स्वर्गद्वारी आश्रमका प्रमुख डा. धु्रव श्री रुद्रनन्द ब्रह्मचारीले स्वर्गद्वारी आउने पर्यटकका लागी वाटर फाउन्टेन यौटा नयाँ आकर्षण थपिएको भन्दै निर्माणको निम्ती नेपाली सेनालाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले स्वर्गद्वारी दर्शन गर्न आउने पर्यटकले थकान मेटन र मनोरञ्जन लिनका लागी आकर्षक बाटिकाले महत्वपुर्ण भुमिका खेल्ने भन्दै मन्दिर परिसरमा नयाँ आकर्षण थपिएको समेत वताउनु भयो।

नेपाली सेनाले सैनिक नागरिक सम्वन्धलाई प्रभावकारी वनाउन सामाजिक आर्थिक विकासका पुर्वाधार निर्माण कार्यक्रम नागरिकसंग प्रत्यक्ष जोडिएर गर्दै आएको छ। सोहि कार्यक्रम अन्तरगत आ.व. २०७६/०७७ को वजेटवाट उक्त वाटरफाउन्टेन सहितको वाटिका निर्माण गरिएको ईन्द्रध्वज गण खलंगा व्यारेकका गणपती प्रमुख सेनानी अर्नुनविक्रम थापाले वताउनु भयो। उहाँका अनुसार म्युजिकल वाटर फाउन्टेन, पैदलमार्ग, गेट, वरिपरी तारजाली, रेलिङ लगायतका संरचना निर्माण गरिएको छ।

भने, वाटिका निर्माण, गेट, टहराहरु निर्माण लगायतका लागी डिभिजन वन कार्यालय प्यूठानले आ.व. २०७६/०७७ को वजेटवाट ३५ लाख रुपैयाँ खर्च गरेको जिल्ला वन कार्यालय प्यूठानका रेञ्जर हरि पौडेलले वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...