News Portal

रेडियो सुन्नुहोस्

हर्ट ग्रुपद्वारा ३ सय वढिलाई १ छाक खाना सहयोग

बोम वहादुर परियार२० जेठ, २०७८/ प्यूठान
१११६ पटक
२० जेठ, २०७८/ प्यूठान

भरतपुर महानगर पालिका वडा नम्बर १ चितवन ठिमुरा भन्ने ठाउमा एउटा मानब सहयोगी सस्था छ । त्यस ठाउमा (मानबताको लागि मानब सहयोगी केन्द्र सभ्यताको घर) नामक एक सहयोगी सस्था स्थापना गरिएको छ । त्यस सस्थाले रोडमा अलपत्र परेका ब्यबारिसे मानिस र मानसिक रोगिहरुलाई दैनिक खाना खुवाउने र बसाउने काम गर्छ ।
आज चितवन को सोहि ठाउमा पुगेर नेपाली हर्ट टिकटक ग्रुपले रोडमा अलपत्र परेका र लकडाउन ले बिचल्लीमा परेका ३ सय भन्दा बढी मानिस हरुलाइ खाना खुवाएको छ । हर्ट ग्रुप का देस बिदेस मा रहनुभएका बिभिन्न सदस्यहरु कसैले नास्ता खर्च कटाएर , कसैले आफ्नो जन्मदिनको पाटि को खर्च बचाएर रकम सन्कलन गरि उक्त ठाउमा बिहानको खाना खुवाएको हो । चितवन स्थित हर्ट ग्रुपका सदस्यहरु अनु शर्मा , शम्भु लम्साल , कृष्ण पुरि लगायतको नेतृत्वमा हर्ट ग्रुप ले खाना खुवाएको नेपाली हर्ट टिकटक ग्रुप का अन्तर्राष्ट्रिय होस्ट डिल्लिराज पराजुलिले बताउनु भयो । साथै उहाले सामाजिक सहयोगको यो अभियानमा महत्त्वपूर्ण सहयोग गर्ने ग्रुपका अध्यक्ष मनोज कार्कि , सदस्यहरु सिब भट्टराई , बिनोद क्षेत्री ,सौभाग्य भुजेल ,राधिका सिटौला ,संगिता महत थापा ,संगीता कडेल ,रचना बस्नेत ,सम्झना ढकाल , अन्जिता पौडेल र ठाउ मै पुगेर विशेष सहयोग गर्ने अनु शर्मा , सम्भु लम्साल , कृष्ण पुरी लगायत सबैलाई धन्यवाद दिनुभएको छ । यस अघि पनि नेपालका बिभिन्न ठाउमा टिकटक का माध्यम द्वारा सामाजिक सहयोगका कार्यक्रमहरु गर्दै आएको हर्ट ग्रुप ले कोरोना महामारिको समयमा जोगिनको लागि भन्दै ५ हजार बराबरको मास्क र सेनिटाईजर समेत सस्थालाइ हस्तान्तरण गराएको छ ।
महामारीको बेला खाना खान नपाई बाटोमा अलपत्र परेका मानिसहरुले पेटभरि खाना खान पाउदा आफु खुसि रहेको उनिहरुले बताएका छन ।
त्यस्तै सभ्यताको घर नामक सस्थाका अध्यक्ष सिता कुवर ले बिसम परिस्थितिमा हर्ट ग्रुपले ठुलो संख्यामा मानिस हरुलाई खाना खुवाएर पुण्य कमाएको भन्दै धन्यवाद समेत दिनुभएको छ । यसरी नै हर्ट ग्रुप लगाएत बिभिन्न सस्थाद्वारा नेपाल भरि दुखमा परेका मानिस हरुलाई सहयोग गर्नेहो भने कोहोपनि भोकले नमर्ने उहाले बताउनु भयो । गत बर्स पनि लकडाउन को समयमा रोडमा बिचल्लीएका धेरै मानिस हरुलाई खाना खुवाउदै आएको र अहिले आधिकारिक सस्था निर्माण गरि सेवा गर्दै आइरहेको कुवर ले बताउनु भयो । त्यस्तै चितवनमै रहेर बिभिन्न बेबारिसे लास समेत आफुले जलाउदै आएको उहाले बताउनु भयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...