News Portal

रेडियो सुन्नुहोस्

खलंगामा भाद्र ५ गते दिवंगतहरूको सामुहिक श्रद्दाञ्जलि कार्यक्रम हुँदै

झुलेनी संवाददाता२०७८ साउन २६
१६४३ पटक
२०७८ साउन २६

प्यूठान । खलंगा सरोकार समुहले गाइजात्रा २०७८ को अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । सोमबार खलंगामा समुहका संयोजक मनोज कुमार श्रेष्ठको संयोजकत्वमा बैठक बसी यस्तो निर्णय गरेको हो ।

 

बैठकले गत वर्षको गाईजात्रा पछि दिवंगतहरूको सामुहिक श्रद्दाञ्जलि कार्यक्रम भाद्र ५ गते शनिबार साझ ६:०० बजे पार्टी चोक खलंगामा गर्ने निर्णय गरेको छ । यो श्रद्धाञ्जली कार्यक्रममा हुने सम्पूर्ण खर्चको आर्थिक सहयोग मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्र मार्फत गरिने जानकारी अध्यक्ष निर्मल प्रसाद श्रेष्ठले प्रतिवद्दता ब्यक्त गरेका छन ।

 

गाईजात्रा सञ्चालनका लागि स्थानीय प्रशासनको स्वीकृती लिनका लागि वडा अध्यक्ष, नेवा:खल, खलंगा सरोकार समूहको प्रतिनिधिमण्डल सहित भाद्र ३ गते जिल्ला प्रशासन कार्यालय प्यूठान जाने समेत निर्णय गरेको छ ।

 

बैठकका सहभागिहरुले खलंगा बजार क्षेत्रमा सडक बत्ती मर्मत र संभारका लागि ध्यानाकर्षण गराएको थियो । बैठकमा सहभागी गाउँपालिका प्रमुख प्रशाकिय अधिकृत बालकृष्ण थापाले बजेट बिनियोजित भइ सकेकोले अब छिट्टै मर्मत तथा नयाँ जडान हुने जानकारी दिए ।

 

कार्यक्रममा मल्लरानीगाउँपालिका वडा नं ४ का वडा अध्यक्ष कुमार श्रेष्ठ नेवा खल खलंगाका अध्यक्ष बसन्त शाक्य गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण थापा लगायत स्थानीय अगुवा बुद्धिजिविहरुको सहभागीता रहेको थियो ।

वर्तमान परिस्थितिलाई दृस्टिगत गरी गाईजात्रा व्यवस्थित, भब्य, सभ्यतापूर्वक संस्कृतिको मर्म अनुरुप सम्पन्न गर्नको लागि दिवंगतहरूको परिवार, स्थानीय युवा, नेवा खल: परिवार, जनप्रतिनिधि लगायतको भाद्र ३ गते सामुहिक बैठक बस्ने निर्णय भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...