News Portal

रेडियो सुन्नुहोस्

पौडेल समूह सभापति उम्मेद्वार छान्ने कसरतमा

झुलेनी नेटवर्क २०७८ भदौ १६ प्यूठान
८११ पटक
२०७८ भदौ १६ प्यूठान

आसन्न महाधिवेशनमा सभापतिसहित पदाधिकारीका उम्मेदवार चयन गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । वडा अधिवेशन अघि सभापतिको उम्मेदवार चयन गर्न पौडेल समूहका नेताहरु निरन्तर छलफलमा छन् ।

 

पौडेल समूहका नेता अर्जुननरसिंह केसीले बुधबार अपराह्न पनि बैठक बस्न लागेको जानकारी दिए । उनका अनुसार सभापतिसहित पदाधिकारीको टीममा सहमति गर्न नेताहरुबीच छलफल भइरहेको छ ।

 

‘हामीहरु निरन्तर संवादमा छौं, सकेसम्म वडा अधिवेशनअघि नै सभापति र पदाधिकारीका उम्मेदवारको टुंगो लगाउने प्रयासमा छौं,’ उनले भने, तत्काल नाममा सहमति नभए महाधिवेशनमा एकै ठाउँमा हुन्छौं भन्ने सन्देश दिन सामूहिक प्रतिवद्धता जनाउने कार्यक्रम छ ।’ मंसिर ९–१३ का लागि तय भएको कांग्रेसको १४ औं महाधिवेशनका लागि भदौ १८ बाट वडा अधिवेशन सुरु हुँदैछ ।

मंगलबार बसेको पौडेल समूहको बैठकले बुधबार दिउँसो पत्रकार सम्मेलन गर्ने निर्णय गरेको थियो । नेता केसीका अनुसार सहमतिको प्रयास भइरहेकाले पत्रकार सम्मेलनको समय टुंगो लागिनसकेको बताए ।

पौडेल समूहमा सभापतिका चार आकांक्षी छन् । वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिका आकांक्षी छन् । चारैजना आकांक्षीले आफूलाई बलियो उम्मेदवारका रुपमा पेश गर्दै आएका छन् ।

 

 

 

अनलाइनखबर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...