News Portal

रेडियो सुन्नुहोस्

पौडेल समूह सभापति उम्मेद्वार छान्ने कसरतमा

झुलेनी नेटवर्क २०७८ भदौ १६ प्यूठान
१०१६ पटक
२०७८ भदौ १६ प्यूठान

आसन्न महाधिवेशनमा सभापतिसहित पदाधिकारीका उम्मेदवार चयन गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । वडा अधिवेशन अघि सभापतिको उम्मेदवार चयन गर्न पौडेल समूहका नेताहरु निरन्तर छलफलमा छन् ।

 

पौडेल समूहका नेता अर्जुननरसिंह केसीले बुधबार अपराह्न पनि बैठक बस्न लागेको जानकारी दिए । उनका अनुसार सभापतिसहित पदाधिकारीको टीममा सहमति गर्न नेताहरुबीच छलफल भइरहेको छ ।

 

‘हामीहरु निरन्तर संवादमा छौं, सकेसम्म वडा अधिवेशनअघि नै सभापति र पदाधिकारीका उम्मेदवारको टुंगो लगाउने प्रयासमा छौं,’ उनले भने, तत्काल नाममा सहमति नभए महाधिवेशनमा एकै ठाउँमा हुन्छौं भन्ने सन्देश दिन सामूहिक प्रतिवद्धता जनाउने कार्यक्रम छ ।’ मंसिर ९–१३ का लागि तय भएको कांग्रेसको १४ औं महाधिवेशनका लागि भदौ १८ बाट वडा अधिवेशन सुरु हुँदैछ ।

मंगलबार बसेको पौडेल समूहको बैठकले बुधबार दिउँसो पत्रकार सम्मेलन गर्ने निर्णय गरेको थियो । नेता केसीका अनुसार सहमतिको प्रयास भइरहेकाले पत्रकार सम्मेलनको समय टुंगो लागिनसकेको बताए ।

पौडेल समूहमा सभापतिका चार आकांक्षी छन् । वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिका आकांक्षी छन् । चारैजना आकांक्षीले आफूलाई बलियो उम्मेदवारका रुपमा पेश गर्दै आएका छन् ।

 

 

 

अनलाइनखबर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...