News Portal

रेडियो सुन्नुहोस्

प्रतिनिधि सभाको बैठकका लागि २ कार्यसूची

झुलेनी संवाददाता२०७८ भदौ २९, काठमाडौं
८५० पटक
२०७८ भदौ २९, काठमाडौं

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकका लागि संभावित २ कार्यसूची तय गरिएको छ ।

बैठकमा पहिलो कार्यसूची अन्र्तगत अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार भनी प्रस्ताव प्रस्तुत गर्ने र दोश्रो कार्यसूचीमा पूर्व सांसद रुक्म शम्शेर जबराको निधनमा सभामुख अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले जनाएका छन् । यसैबीच आजको प्रतिनिधि सभाको बैठकपनि अवरोध गर्ने एमालेले जनाएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आज एमालेको संसदीय दलको बैठक नराखेको र सिधै सदनमा जाने उल्लेख गरे ।

रातोपाटीसँग कुरा गर्दै भट्टराईले एमालेले कारवाही गरेका १४ सांसदहरुको सूचना सभामुखले गल्ति सच्याउँदै टाँस गरे सदन अवरोध खुल्ने अन्यथा एमाले पछि नहट्ने उल्लेख गरे । सोमबार सभामुखले सदन खुलाउनका लागि गरेको सर्वदलीय बैठक अनावश्यक भएको उनले बताए ।

उनले सत्ता गठबन्धन सहभागी भएको बैठकमा एमालेलाई मिसाउन आवश्यक नभएको र सभामुखले एमालेसँग मात्र छलफल गर्नुपर्नेमा जोड दिए ।

 

 

 

 

राताेपाटी

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...