News Portal

रेडियो सुन्नुहोस्

प्रतिनिधि सभाको बैठकका लागि २ कार्यसूची

झुलेनी संवाददाता२०७८ भदौ २९, काठमाडौं
६४९ पटक
२०७८ भदौ २९, काठमाडौं

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकका लागि संभावित २ कार्यसूची तय गरिएको छ ।

बैठकमा पहिलो कार्यसूची अन्र्तगत अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार भनी प्रस्ताव प्रस्तुत गर्ने र दोश्रो कार्यसूचीमा पूर्व सांसद रुक्म शम्शेर जबराको निधनमा सभामुख अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले जनाएका छन् । यसैबीच आजको प्रतिनिधि सभाको बैठकपनि अवरोध गर्ने एमालेले जनाएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आज एमालेको संसदीय दलको बैठक नराखेको र सिधै सदनमा जाने उल्लेख गरे ।

रातोपाटीसँग कुरा गर्दै भट्टराईले एमालेले कारवाही गरेका १४ सांसदहरुको सूचना सभामुखले गल्ति सच्याउँदै टाँस गरे सदन अवरोध खुल्ने अन्यथा एमाले पछि नहट्ने उल्लेख गरे । सोमबार सभामुखले सदन खुलाउनका लागि गरेको सर्वदलीय बैठक अनावश्यक भएको उनले बताए ।

उनले सत्ता गठबन्धन सहभागी भएको बैठकमा एमालेलाई मिसाउन आवश्यक नभएको र सभामुखले एमालेसँग मात्र छलफल गर्नुपर्नेमा जोड दिए ।

 

 

 

 

राताेपाटी

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...