News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका २ खेलाडी इपिएलमा डेव्यु

झुलेनी नेटवर्क२०७८ असौज ११
११५७ पटक
२०७८ असौज ११

प्यूठानका २ क्रिकेट खेलाडिले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा डेव्यू गरेका छन् । पहिलो पटक इपिएलमा आवद्ध रहेका प्यूठानका द्वय चाइनामेन स्पिनर तूल बहादूर थापा र बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी.ले पहिलो खेलमै डेव्यू गरेका हून् । भैरहवा ग्ल्याडियटर्समा आवद्ध थापा पोखरा राइनोज विरुद्धको खेलमा डेव्यू गर्ने मौका पाएका हुन् ।

सो खेलमा उनले १।१ ओवर वलिङ गर्दै उत्कृष्ट १ विकेट लिएका थिए । उनले केस्रिक विलियम्सलाई शुन्य रनमा आउट गरेका थिए । उक्त खेल वर्षाका कारण रद्ध भएको थियो । विराटनगर वारियर्समा आवद्ध रहेका जि.सी.ले चितवन टाइगर्स विरुद्धको खेलमा डेव्यु गर्ने मौका पाएका हून् । उक्त खेलमा उनले ४ ओवर वलिङ गर्दै २२ रन खर्चेर १ विकेट लिन सफल भए ।

उनले चितवनका प्रमुख ब्याट्सम्यान मोहम्मद शाहजादलाई आउट गराएका थिए । उक्त खेलमा उनको टिम विराटनगर वारियर्स चितवन टाइगर्ससँग २ विकेटले पराजित भएको थियो । प्यूठानको नौबहिनी गाउँपालिका डाम्री घर भएका थापा घरेलु क्रिकेट भने दाङबाट खेल्ने गर्दछन्। प्यूठानमा जिल्ला क्रिकेट संघ नहुँदा उनले दाङबाट घरेलु क्रिकेट खेल्दै आएका हुन् ।

उनलाई इपिएलका लागि भैरहवा ग्ल्याडियटर्सले न्यूनतम मूल्य ५० हजारमा अनुबन्ध गरेको हो । प्यूठान झिमरुक गाउँपालिका दारमिचौर घर भएका प्रतिशले भने यस अघिका दुई संस्करणका प्रधानमन्त्री कप बागमती प्रदेशबाट खेलेका थिए ।

नेपालको यू १९ र यू १६ दुबै खेलका बायाँ हाते बलर प्रतिश पछिल्लो समय सिनियर टोलीको नेट बलरको रुपमा रहँदै आएका छन् । प्रतिश पहिलो पटक फ्रेन्चाइज लिगमा अनुबन्ध भएका हुन् । यसअघि ट्यालेन्ट हन्टबाट २०१७ को इपिएलमा ललितपुर प्याट्रियट्ससँग जोडिएका थिए । पाचौ इपिएलका लागि विराटनगर वारियर्सले जि.सी.लाई न्यूनतम ५० हजारमा अनुबन्ध गरेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...