News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका तुल बहादुर वाइ वाइ यू–१९ राष्ट्रिय क्रिकेटमा छनोट

तेजेन्द्र बि. एम.२०७८ मंसिर ०५
१११४ पटक
२०७८ मंसिर ०५

प्यूठानका तुल बहादुर थापा मगर वाइ वाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा छनोट भएका छन् । यहि मसिंर ७ गतेदेखि काठमाडौंमा हुने खेलको लागि लुम्बिनी प्रदेशबाट थापा पनि छनोट भएका हुन् ।

उनि कार्तिक २८ गते देखि मसिंर ४ गतेसम्म दाङ्ग जिल्लाको लमही र रुपन्देहिको भैरहवामा भएको वाइ वाइ यू–१९ लुम्बिनी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताबाट काठमाडौंमा हुने वाइ वाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि छनोट भएका छन् ।

शनिबार लुम्बिनी प्रदेश छनौट समितिले लुम्बिनी प्रदेश क्रिकेट संघलार्ई खेलाडी छनोट गरि पत्रका साथ पेस गरेको छ । थापा यस अघि यू–१७ सम्मका सबै खेल र इपिएल समेत खेलिसकेका छन् ।

छनोट भएका खेलाडीहरु :–
देव खनाल (कप्तान), विशाल बिक्रम के. सी. (उप–कप्तान), वसिर अएमद, मोहम्मद हुसैन, सुनिल भण्डारी, विराट भण्डारी, अभिषेक गौतम, राहुल चौहान, आकाश त्रिपाठी, कमल ओली, तुल बहादुर थापा, प्रज्वल बहादुर थापा, नरेश कुमाार नेपालि र दुर्गेश गुप्ता छनोट भएका छन् । साथै रोहन के.सी., अजित यादव, सुमित श्रेष्ठ र विशाल भुषाल भने वैकल्पिक छनोटमा परेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...