News Portal

रेडियो सुन्नुहोस्

के छ सरकारको तयारी ओमिक्रोन रोक्न

जीन सिक्विन्सिङ नियमित गरिने

झुलेनी नेटवर्क२०७८ मङ्सिर १९
५६८ पटक
२०७८ मङ्सिर १९

सरकारले कोभिड १९ का भेरियन्ट पत्ता लगाउन नियमितरुपमा गर्दै आएको जीन सिक्विन्सिङलाई तीव्रता दिने भएको छ। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि सरकारले यस्तो निर्ण गरेको हो।

आइतबार बसेको स्वास्थ्य तथा शिक्षा समितिको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहले नियमितरुप गर्दै आएको जीन सिक्विन्सिङलाई तीव्रता दिने बताएका हुन्।

उनले प्रयोगशाला परीक्षणका लागि आवश्यक किट्सलगायतका सामग्रीको मौज्दात पनि पर्याप्त मात्रामा राखिएको बताए। उनले भने,’संक्रमणदर रोक्न नाकामा कडाइ गरिएको छ। पूर्वाधारहरु तयारी अवस्थामा छ्न् ।’ उनले मुलुकभरका अस्पताललाई आवश्यक जनशक्ति तथा सामग्रीसहित तयारी अवस्थामा रहन निर्देशन दिइएको बताए । उनले संक्रमितहरुको सबै सरकारी अस्पतालमा निशुल्क उपचार गर्ने त्यसका लागि सोधभर्नाको व्यवस्थापन भइरहेको बताए।

यस्तै ५० सैह्याका अस्पतालहरुमा अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटरको व्यवस्थापन गरिएको र अक्सिजन प्लाण्ट स्थापना गर्ने काम भइरहेको छ। यस्तै २०० सैयाका अस्पतालहरुमा अक्सिजन सिलिण्डर कन्सन्ट्रेटरको व्‍यवस्था गरिएको छ। साथै अक्सिजन प्लाण्ट र लिक्विड अक्सिजन र ट्यांक स्थापना गर्ने काम भइरहेको छ।

 

 

अन्नपूर्ण

यसअघि सरकारले कोरोनाको नयाँ भेरियन्ट ’ओमिक्रोन’को जोखिम बढेको भन्दै विदेश यात्रा नगर्न आग्रह गरेको छ। यो भाइरस ४० बढी मुलुकमा देखिसकेको छ। छिमेकी मुलुक भारतमा पनि संक्रमण देखिएपछि नेपालमा थप सतर्कता अपनाउन थालिएको हो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...