News Portal

रेडियो सुन्नुहोस्

के छ सरकारको तयारी ओमिक्रोन रोक्न

जीन सिक्विन्सिङ नियमित गरिने

झुलेनी नेटवर्क२०७८ मङ्सिर १९
६५९ पटक
२०७८ मङ्सिर १९

सरकारले कोभिड १९ का भेरियन्ट पत्ता लगाउन नियमितरुपमा गर्दै आएको जीन सिक्विन्सिङलाई तीव्रता दिने भएको छ। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि सरकारले यस्तो निर्ण गरेको हो।

आइतबार बसेको स्वास्थ्य तथा शिक्षा समितिको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहले नियमितरुप गर्दै आएको जीन सिक्विन्सिङलाई तीव्रता दिने बताएका हुन्।

उनले प्रयोगशाला परीक्षणका लागि आवश्यक किट्सलगायतका सामग्रीको मौज्दात पनि पर्याप्त मात्रामा राखिएको बताए। उनले भने,’संक्रमणदर रोक्न नाकामा कडाइ गरिएको छ। पूर्वाधारहरु तयारी अवस्थामा छ्न् ।’ उनले मुलुकभरका अस्पताललाई आवश्यक जनशक्ति तथा सामग्रीसहित तयारी अवस्थामा रहन निर्देशन दिइएको बताए । उनले संक्रमितहरुको सबै सरकारी अस्पतालमा निशुल्क उपचार गर्ने त्यसका लागि सोधभर्नाको व्यवस्थापन भइरहेको बताए।

यस्तै ५० सैह्याका अस्पतालहरुमा अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटरको व्यवस्थापन गरिएको र अक्सिजन प्लाण्ट स्थापना गर्ने काम भइरहेको छ। यस्तै २०० सैयाका अस्पतालहरुमा अक्सिजन सिलिण्डर कन्सन्ट्रेटरको व्‍यवस्था गरिएको छ। साथै अक्सिजन प्लाण्ट र लिक्विड अक्सिजन र ट्यांक स्थापना गर्ने काम भइरहेको छ।

 

 

अन्नपूर्ण

यसअघि सरकारले कोरोनाको नयाँ भेरियन्ट ’ओमिक्रोन’को जोखिम बढेको भन्दै विदेश यात्रा नगर्न आग्रह गरेको छ। यो भाइरस ४० बढी मुलुकमा देखिसकेको छ। छिमेकी मुलुक भारतमा पनि संक्रमण देखिएपछि नेपालमा थप सतर्कता अपनाउन थालिएको हो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...