News Portal

रेडियो सुन्नुहोस्

रोल्पाको त्रिवेणी १ लाइ बालश्रममुक्त वडा घोषणा

नवराज राना मगर/ अमृत वलि२०७८ मंसिर २१, राेल्पा
७४२ पटक
२०७८ मंसिर २१, राेल्पा

रोल्पा जिल्ला अन्तर्गत त्रिवेणी गाउँपालिकाको वडा नं. १ लाई सोमबार एक समारोहको बिचमा बालश्रम मुक्त वडाको रुपमा घोषणा गरिएको छ । यो सँगै गाउँपालिकामा वडा घोषणा गर्ने यो चौथो बनेको छ । यसअघी वडा नं ५, ४ र ३ नं वडालाइ घोषणा गरिएको थियो ।

त्रिवेणी गाउँपालिका वडा नं. १ का अध्यक्ष देउराम घर्तीको अध्यक्षतामा आयोजित घोषणा सभामा त्रिवेणी गाउँपालिका अध्यक्ष शान्त कुमार वलीको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष वलीले गाउँपालिकालाइ बालश्रमुक्त घोषणा कार्यमा सामाजिक अभयानका रुपमा लिन र सघाउन सबैलाइ आग्रह गरे ।

घोषणा कार्यक्रमका लागि सेभ द चिल्ड्रेन र मानव अधिकार सचेतना केन्द्र (हुरेक) लगायत सरोकारवालाहरुको सहजीकरण गर्दै आएका छन् । घोषणा सभाको अवसरमा बालबालिका, बालक्लव, व्यापारी, उद्योगी, आमा तथा महिला समूह,  वडा बाल अधिकार समिति, शिक्षक, विद्यार्थी, कर्मचारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु,  स्थानीयवा, सुरक्षाकर्मी तथा जनप्रतिनिधिहरुको सहभागीमा थियो ।

स्थानीयहरुले झाकि तथा जुलुस निकालि बालश्रम अन्त्यका लागि सबैले प्रतिवद्धता जनाएका छन । कार्यक्रममा बोल्ने वक्ताहरुले बालश्रम अन्त्यको लागि सबैले आ-आफ्नो तर्फबाट पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले सचेतनामूलक नृत्य, नाटक समेत प्रदर्शन गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...