News Portal

रेडियो सुन्नुहोस्

अख्तियारले छानबिन गरिरहेका व्यक्तिलाई राप्तीको निमित्त उपकुलपतिको जिम्मा

रजिष्ट्रार र शिक्षाध्यक्ष दुवैको योग्यतामाथि प्रश्न

झुलेनी नेटवर्क२०७८ पुस २ काठमाडौं
५१० पटक
२०७८ पुस २ काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योग्यतामाथि प्रश्न उठेका व्यक्तिलाई नै थप जिम्मेवारी दिएको छ। स्वास्थ्य मन्त्री विरोध खतिवडाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा वसन्त लामिछानेलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन्।

डा लामिछानेको योग्यताका विषयमा प्रश्न उठेपछि अख्तियारले छानबिन गरिरहेको छ। डा लामिछाने प्रतिष्ठानको शिक्षाध्यक्ष हुन समेत योग्यता नपुग्ने भन्दै उनीमाथि उजुरी परेपछि अख्तियारले छानबिन अगाडि बढाएको हो। अख्तियारले स्वास्थ्य मन्त्रालयसँग पनि यो विषयमा जानकारी माग गरेको छ।

योग्यताका विषयमा अख्तियारले नै मन्त्रालयसँग जानकारी माग गरेको अवस्थामा उही व्यक्तिलाई नै थप त्यो भन्दा माथिल्लो पदमा जिम्मेवारी दिनुको पछाडि आर्थिक चलखेलको शंका समेत गरिएको छ।

शिक्षाध्यक्ष डा लामिछानेसहित प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाको समेत योग्यताका विषयमा प्रश्न उठेको छ।

प्रतिष्ठानको पदाधिकारी सम्बन्धी नियमावली २०७४ अनुसार शिक्षाध्यक्ष डा लामिछाने र रजिष्ट्रार थापालाई ती पदमा नियुक्त गर्न योग्यता पुग्दैन।शिक्षाध्यक्षको मापदण्ड काम कर्तव्य र अधिकार सम्बन्धी व्यवस्थामा शिक्षाध्यक्ष बन्न मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्सा शास्त्र विषयमा कम्तिमा स्नातकोत्तर उपाधी गरी प्राध्यापक पदमा नियुक्त भई कम्तिमा ३ वर्ष काम गरेको व्यक्ति हुनुपर्दछ।

’शिक्षाध्यक्षमा नियुक्त भएका डा लामिछाने एसोसिएट प्रोफेसर हुन्। यो आधारमा हेर्दा उनी शिक्षाध्यक्षका लागि पनि योग्य देखिँदैनन्,’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, ’तर उनै अयोग्य व्यक्तिलाई नै मन्त्रीले निमित्त उपकुलपतिको समेत जिम्मा दिएका छन्। यसका पछाडि ठूलै चलखेल भएको छ।’

मन्त्री खतिवडाले बिहीबार डा लामिछानेलाई निमित्त उपकुलपतिको समेत जिम्मा दिएका हुन्। डा लामिछानेले जिम्मा दिएको केही दिन अघि मात्र मन्त्रालयमा अख्तियारले डा लामिछाने र रजिष्ट्रार थापाका विषयमा विवरण उपलब्ध गराउन पत्र पठाएको छ। तर उक्त पत्रको व्यवस्था गर्दै योग्यताका विषयमा छानबिन चलिरहेका व्यक्तिलाई नै मन्त्रीले जिम्मेवारी दिएका छन्।

यस्तै प्रतिष्ठानको रजिष्ट्रार हुनका लागि पनि मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्सा शास्त्र÷ अस्पताल प्रशासन÷व्यवस्थापन विषयमा कम्तीमा स्नातकोत्तर उपाधी प्राप्त गरी शैक्षिक प्रशासन, अस्पताल प्रशासनको क्षेत्रमा कम्तीमा दश वर्ष काम गरी अनुभव हासिल गरेको व्यक्ति हुनुपर्छ। तर थापाले स्नातकोत्तर गरेको नै १० वर्ष नपुगेको भन्दै उनी विरुद्ध पनि उजुरी परेको हो। उजुरीमा उनको स्नातकोत्तर तहको प्रमाणपत्र मगाएर हेरेमा उनको अनुभव र उत्तिर्ण वर्ष प्रष्ट हुने पनि उल्लेख छ।

 

 

स्वास्थ्यखबर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...