News Portal

रेडियो सुन्नुहोस्

बृहत पोषण प्याकेज क्षमता अभिबृद्धि तालिम

तिर्थराज ज्ञवाली२०७८ पुस ७, दाङ
७९२ पटक
२०७८ पुस ७, दाङ
राप्ती गाउँपालिका क्षेत्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिबृद्धि सम्बन्धी दोस्रो चरणको तालिम दिन शुरु गरिएको छ ।
बुधवारबाट शुरु भएको तालिम आगामी ७ दिन सञ्चालन हुने छ । तालिमको उद्घाटन गर्नुहुँदै राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले विशेष गरी सुनौला हजार दिनका आमा र बच्चाको पोषणमा ध्यान दिनुपर्नेमा जोड दिनु भएको छ । उपाध्यक्ष चौधरीले बालबालिकाको शुरुवाती वर्षहरुमा पोषणमा गरिने लगानीले उनीहरुसँगै उनीहरुका परिवार र समग्र समुदायलाई नै दीर्घकालीन प्रतिफल दिने भएकाले समयमै सचेत भएर अगाडि बढ्नुपर्ने बताउनु भएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले एकहप्तासम्म तालिममा सिकेका सीप, ज्ञानलाई आ–आफ्नो कार्यक्षेत्रमा पुगेर कार्यान्वयन गर्न र आगामी दिनमा कुपोषणमुक्त समाज निर्माणमा लाग्न सुझाव दिनु भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बृहत पोषण प्याकेजमा महिलाका हक अधिकार, बच्चाका हक अधिकार, परम्परा तथा समाजिक ब्यवहारले समेत प्रभाव पार्ने बताउनु भएको छ । रिजालले स्वास्थ्यकर्मीहरु प्रायजसो सुनौला हजार दिने आमा तथा बालबालिकासँगै काम गर्ने भएकाले खान पान, लवाई खवाईका वारेमा समेत प्रभावकारी सल्लाह, सुझाव तथा परामर्शहरु दिएर समाज रुपान्तरणमा सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिनु भएको छ ।
कार्यक्रममा स्वास्थ्य  शाखा संयोजक नारायण राउतले बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग भएको बताउदै राम्रो पोषण पाएका बालबालिकाहरु राम्ररी हुर्कन, सिक्न, समुदायमा सहभागी हुन र योगदान दिनुकासाथै रोग, विपत्ति तथा अन्य संकटहरुसँग जुध्न सामथ्र्यवान हुने भएकाले पोषणको निक्कै महत्व रहेको बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस्

स्वास्थ्यमन्त्री पुनद्वारा प्यूठान अस्पतालको निरिक्षण

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगर (सिजल) ले प्यूठान अस्पत्तालको निरिक्षण गरेका छन् ।...

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...