News Portal

रेडियो सुन्नुहोस्

बृहत पोषण प्याकेज क्षमता अभिबृद्धि तालिम

तिर्थराज ज्ञवाली२०७८ पुस ७, दाङ
१३०४ पटक
२०७८ पुस ७, दाङ
राप्ती गाउँपालिका क्षेत्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिबृद्धि सम्बन्धी दोस्रो चरणको तालिम दिन शुरु गरिएको छ ।
बुधवारबाट शुरु भएको तालिम आगामी ७ दिन सञ्चालन हुने छ । तालिमको उद्घाटन गर्नुहुँदै राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले विशेष गरी सुनौला हजार दिनका आमा र बच्चाको पोषणमा ध्यान दिनुपर्नेमा जोड दिनु भएको छ । उपाध्यक्ष चौधरीले बालबालिकाको शुरुवाती वर्षहरुमा पोषणमा गरिने लगानीले उनीहरुसँगै उनीहरुका परिवार र समग्र समुदायलाई नै दीर्घकालीन प्रतिफल दिने भएकाले समयमै सचेत भएर अगाडि बढ्नुपर्ने बताउनु भएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले एकहप्तासम्म तालिममा सिकेका सीप, ज्ञानलाई आ–आफ्नो कार्यक्षेत्रमा पुगेर कार्यान्वयन गर्न र आगामी दिनमा कुपोषणमुक्त समाज निर्माणमा लाग्न सुझाव दिनु भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बृहत पोषण प्याकेजमा महिलाका हक अधिकार, बच्चाका हक अधिकार, परम्परा तथा समाजिक ब्यवहारले समेत प्रभाव पार्ने बताउनु भएको छ । रिजालले स्वास्थ्यकर्मीहरु प्रायजसो सुनौला हजार दिने आमा तथा बालबालिकासँगै काम गर्ने भएकाले खान पान, लवाई खवाईका वारेमा समेत प्रभावकारी सल्लाह, सुझाव तथा परामर्शहरु दिएर समाज रुपान्तरणमा सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिनु भएको छ ।
कार्यक्रममा स्वास्थ्य  शाखा संयोजक नारायण राउतले बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग भएको बताउदै राम्रो पोषण पाएका बालबालिकाहरु राम्ररी हुर्कन, सिक्न, समुदायमा सहभागी हुन र योगदान दिनुकासाथै रोग, विपत्ति तथा अन्य संकटहरुसँग जुध्न सामथ्र्यवान हुने भएकाले पोषणको निक्कै महत्व रहेको बताउनु भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...