News Portal

रेडियो सुन्नुहोस्

बिहानैदेखि बन्द विमानस्थल खुल्यो, सुरु भयो उडान र अवतरण

झुलेनी नेटवर्क२०७८ पुष १६, प्यूठान
४७५ पटक
२०७८ पुष १६, प्यूठान

खराब मौसमका कारण बिहानैदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विदेशबाट आएर काठमाडौं र सिमराको आकाशमा होल्डमा रहेका विमानहरूले अवतरण गरेका छन् । यस्तै आन्तरिक उडान तथा अवतरण पनि सुरु भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।

दोहा र दुवईबाट आएका ४ विमानले अवतरण गरेका छन् भने आन्तरिक उडानतर्फ पोखरा, भद्रपुर र विराटनगरका लागि उडान सुरु भएको छ । आज बिहान बाक्लो हुस्सुका कारण भिजिबिलिटी दर शून्य अवस्थासम्म पुगेका कारण विमानस्थल बन्द रहेको थियो । विमानस्थल बन्द हुँदा ४ विमानलाई भारत र बंगलादेशका एयरपोर्टमा डाइभर्ट गरिएको थियो ।

खराब मौसमका कारण विदेशबाट आएका ८ अन्तर्राष्ट्रिय उडानले काठमाडौंदेखि सिमराको आकाशमाथि कैयौं पटक चक्कर काटेका थिए । आकाशमै इन्धन सकिन लागेपछि ३ वटालाई बंगलादेशको ढाका एयरपोर्ट एक विमानलाई कलकत्ता डाइभर्ट गरिएको थियो । कुवेतबाट आएको जजिरा एयरका २ विमान र दमामबाट आएको हिमालयन एयरको १ विमानलाई ढाकामा अवतरण गरेका छन् भने फ्लाई दुवईको विमान कलकत्ता एयरपोर्ट डाइभर्ट भएको हो ।

 

 

 

रातोपाटी

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक क्याम्पसको स्ववियू अखिल समाजबादीको नेतृत्वमा सर्वसहमत

झिमरुक क्याम्पस बाग्दुलामा विप्लव निकट विद्यार्थी संगठन अखिल समाजवादीका कमल रोका क्षेत्री सभापतिमा निर्विरोध निर्वाचित...

होली सभ्य तरिकाले मनाऔँः उपरीक्षक बस्याल

जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश बस्यालले होलि मर्यादित र सभ्य...

प्यूठानमा बस र मोटरसाईकल ठोकिदा एकजना घाईते

बस र मोटरसाईकल ठोकिदा प्यूठानमा एकजना घाईते भएका छन् । माण्डवी गाउँपालिका वडा नं ५...

अखिल क्रान्तिकारीबाट केशर सुनार स्वर्गद्वारी क्याम्पसमा सभापतिको उम्मेद्वार

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले जिल्लाको सबैभन्दा ठुलो र पुरानो क्याम्पस स्वर्गद्वारी क्याम्पसमा केशर...

अनेरास्ववियु बाट स्वर्गद्वारी क्याम्पसमा टेकराज केसी सभापतिको उम्मेद्वार

जिल्लाकै ठुलो र पुरानो क्याम्पस स्वर्गद्वारी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको तर्फबाट टेकराज के.सी. ले...