News Portal

रेडियो सुन्नुहोस्

पत्रकारमाथि दुर्व्यवहारको महासंघद्वारा विरोध

झुलेनी नेटवर्क२०७८ पुष २२,
७९१ पटक
२०७८ पुष २२,

नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झालाई जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार तिमल्सेनाले दुर्व्यवहार गरेको घटनाको नेपाल पत्रकार महासंघले विरोध जनाएको छ ।

महासंघले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न र पत्रकारको संवैधानिक मर्यादा र अधिकारको सम्मान गर्न माग गरेको छ । रौतहटकै एक पत्रिकाको अनलाइन दर्ता प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेका बेला प्रशासकीय अधिकृतले आफूलाई दुर्व्यवहार गरेको झाले बताएका छन् ।

‘उहाँले केही कागजातहरु माग्नुभयो सोही विषयको बारे प्रमुख जिल्ला अधिकारीलाई मैले अवगत गराउने क्रममा अधिकृत तिमल्सिनाले मलाई अपशब्द प्रयोग गर्नुभयो’ झाले भनेका छन् ।

महासंघ अध्यक्षमाथि भएको दुर्वव्यहारको नेपाल पत्रकार महासंघ रौतहट शखा र प्रदेश २ समितिले पनि विरोध जनाएका छन् । दोषीलाई कारवाही नभएसम्म जिल्ला प्रशासन कार्यालयको समाचार बहिस्कर गर्ने चेतावनी पत्रकार महासंघको रौतहट जिल्ला शाखाले दिएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले भने सामान्य विवाद भएको तर अपमानजनक शब्द प्रयोग नभएको बताए ।

नेपाल पत्रकार महासंघले महासंघका धनुषा शाखाका सदस्य सुरेशकुमार यादवको घरमा बुधबार राति अज्ञात समूहले आगजनी गरेको घटनाको पनि विरोध जनाएको छ ।

महासंघले घटनामा संलग्नको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन पनि माग गरेको छ ।

 

onlinekhabar

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...