News Portal

रेडियो सुन्नुहोस्

राप्तीको ५ वटा वडामा कोरोना राहत प्याकेजमा वडाहरुको मनपरी

वास्तविक पिडितको नाम सिफारिस नगरि गैरपिडितको नाम सिफारिस गरेको तथ्य फेला

ओमप्रकाश गुप्ता२०७८ पुस २३, भालुवाङ
५८२ पटक
२०७८ पुस २३, भालुवाङ

दाङ देउखुरीको राप्ती गाउँपालिकाको ५ वटा वडाहरुले कोरोना राहत प्याकेजमा मनपरी तरिकाले नाम सिफारिस गरेको तथ्य फेला परेको छ ।

कोभिड १९ को प्रभावबाट रोजगारी र आयआर्जनको अवसर गुमाएका अतिविपन्न गरिव ५ लाख परिवारलाई नेपाल सरकार अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ मा रातह स्वरुप एक पटकका लागि प्रति परिवार रु १० हजारका दरले नगद अनुदान प्रदान गर्ने कार्यक्रम अनुसार राप्ती गाउँपालिकाको ५ वटा वडाहरुले कार्यविधि अनुसार नाम सिफारिस गरेको भेटिएको छ ।

गाउँपालिकाको वडा नम्बर १, ३, ४, ७ र ९ मा कार्यविधि विपरित वास्तविक पिडितहरुको नाम सिफारिस नगरी गैरपिडितहरुको नाम सिफारिस गरिएपछि विभिन्न राजनीतिक दल र स्थानीय स्तरबाट समेत विरोध हुन थालेको छ ।

राप्ती गाउँपालिकामा कुल ७०० जनाको नाम सिफारिस गर्नुपर्ने भएको हुँदा ती वडाहरुले वास्तविक पिडित सँगै गैरपिडितहरुको नाम समेत सिफारिस गरिएपछि स्थानीयहरुले विरोध जनाउन थालेका हुन् ।

राप्ती गाउँपालिकाको वडा नम्बर ३ मा २४५ जनाको आवेदन परेकोमा ८३ जनाको नाम सिफारिस गरिएको थियो । वडामा बिराेध र विभिन्न संञ्चारमाध्यममा समाचार प्रकाशन प्रसारण भएपछि छुट भएका ९ जनाकाे नाम थप गरेकाे वडा कार्यालयले विज्ञप्ती जारी गरेर जानकारी दिएकाे छ ।

गैरपिडितहरुको नाम समावेश गरिएको तथ्य फेला परेपछि मंगलवार ३ नम्बर वडा कार्यालयमा स्थानीयहरुले विरोध जनाएका थिए । नेपाली कांग्रेस, नेकपा एमाले, जनमोर्चा, जनता समाजवादी पार्टीले पिडितहरुलाई सहभागी गराई पत्रकार सम्मेलन गरी विरोध जनाएका थिए ।

नेपाल सरकारको कार्यविधि विपरित वडा नम्बर १ मा १०५ जनाको आवेदन परेकोमा १०५ जनाकै नाम सिफारिस गरेको छ । त्यस्तै वडा नम्बर ४ मा ९० जनाको आवेदन परेकोमा ९० जनाकै नाम सिफारिस गरेको छ । वडा नम्बर ७ मा २४५ जनाको आवेदन परेकोमा ७९ जनाको नाम सिफारिस गरिएको छ भने वडा नम्बर ९ मा ९१ जनाको आवेदन परेकोमा ९१ जनाकै नाम सिफारिस गरिएको छ ।

ती वडाहरुले वास्तविक पिडित सँगै गैर पिडितहरुको नाम सिफारिस गरि पठाएका छन् । यस विषयमा केहि वडा अध्यक्ष सँग बुझ्दा वडा नम्बर ३ का वडा अध्यक्ष चन्दर चौधरी र ४ का वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्रीले गैरजिम्मेवारी अभिव्यक्ति दिएका छन् ।

यता यस विषयमा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले भने नेपाल सरकारको कार्यविधि अनुसार वडाहरुलाई वास्तविक पिडितहरुको नाम सिफारिस गरी पठाउन अनुरोध गरेको बताए ।

कोभिड राहत प्याकेजका विषयमा केहि वडाहरुमा विरोध हुन थालेपछि वडाहरुलाई ध्यानाकर्षण गराउन नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिकाले ९ वटै वडाहरुमा ज्ञापनपत्र बुझाएको छ । पार्टीका राप्ती गाउँपालिका अध्यक्ष श्यामेश चौधरीको नेतृत्वमा गएको टोलीले वडाध्यक्षहरुलाई सो ज्ञापन पत्र बुझाएको हो ।

राप्ती गाउँपालिका त एउटा उदाहरण मात्र हो यस्ता समस्या अन्य पालिकामा पनि हुन सक्छ । त्यसैले वडा तथा पालिकाले वितरण गर्ने हरेक कार्यक्रम तथा योजना पारदर्शी भए नभएको बारे खवरदारी गर्न आवश्यक देखिन्छ ।

प्रतिकृया दिनुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...