News Portal

रेडियो सुन्नुहोस्

पिएम कप राष्ट्रिय टि-२० मा प्युठानका तुल बहादुर छनोट

तेजेन्द्र बि. एम.२०७८ पुस २५
१२३१ पटक
२०७८ पुस २५

नौबहिनी गाउँपालिकाका तुल वहादुर थापा सोमबारबाट सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा पहिलो छनोट भएका छन् ।
उनि यहि पुस १८ गतेदेखि २३ सम्म भैरहवामा सम्पन्न छनोट प्रतियोगितामा लुम्बिनी प्रदेशबाट छनोट भएका हुन् । उनले छनोट प्रतियोगितामा ३ खेलमा १० विकेट लिएका थिए । प्रधानमन्त्री कप यहि पुष २६ देखि माघ ५ गतेसम्म काठमाडौं र मुलपानीमा हुनेछ ।
प्यूठानको नौबहिनी गाउँपालिका-५, डाम्री घर भएका थापा घरेलु क्रिकेट भने दाङबाट खेल्ने गर्दछन् । प्यूठानमा जिल्ला क्रिकेट संघ नहुँदा उनले दाङबाट घरेलु क्रिकेट खेल्दै आएका हुन् । उनले गत संस्करणको इपिएल भैरहवा ग्ल्याडियटर्सबाट खेलेका थिए ।
लुम्बिनी प्रदेश टिम : कृष्ण कार्की (कप्तान), सौरभ खनाल (उपकप्तान), सन्दिप रजाली, देव खनाल, बिक्रम भुसाल, अनिल खरेल, दुर्गेश गुप्ता, सुशान्त सिंह थापा, तुल बहादुर थापा, बसिर एहमद, सिद्धान्त राज शाही, बिशाल बिक्रम केसी, मोहन खत्री र दिपेन्द्र रावत, बैकल्पिक खेलाडी : दिलसाद अलि, निर्मल गुरुङ, राजबिर सिंह र नरेश कुमार नेपाली रहेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...