News Portal

रेडियो सुन्नुहोस्

प्रधानमन्त्री कप क्रिकेट : पुलिस सेमिफाइनलमा, कर्णाली बाहिरियो

झुलेनी नेटवर्क३० पुस, काठमाडौं
६६५ पटक
३० पुस, काठमाडौं

नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ए अन्तर्गत त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ८९ रनले हराएर लगातार तेस्रो जित हात पारेको पुलिसले समूह चरणको अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनलमा स्थान बनाएको हो । पुलिस समूह ए को विजेता पनि बनिसकेको छ ।

३ खेलबाट पुलिसको ६ अंक भएको छ । सुदूरपश्चिम र आर्मीलाई पराजित गरेको पुलिसले अब प्रदेश १ संग खेल्न बाँकी छ ।

उता समूहको चारै खेल खेलिसकेको कर्णाली जम्मा २ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको छ ।

ओपनर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरेपछि पुलिसले पहिले ब्याटिङ गर्दै कीर्तिमानी २४४ रन बनाएको थियो । प्रधानमन्त्री कप टी-२० मा यो कुनै पनि टिमले बनाएको उच्च स्कोर हो ।

कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले शतकीय साझेदारी गर्दै उत्कृष्ट ब्याटिङ गर्दै पुलिसको लागि उच्च स्कोर बनाए । कुशलले ३९ बल खेल्दै ९ चौका ३ छक्का मद्दतमा सर्वाधिक ८२ रन बनाए । दीपेन्द्रले २८ बल खेल्दै ९ चौका र २ छक्का मद्दतमा ६२ रन जोडे ।

कुशलले २१ बलमा र दीपेन्द्रले २३ बलमा अर्धशतक प्रहार गरेका थिए ।

आठौं नम्बरमा ब्याटिङ गरेका विकेटकिपर दिलिप नाथले १० बल खेल्दै १ चौका र ३ छक्का प्रहार गर्दै अविजित ३१ रन जोडे । आरिफ शेखले पनि ९ बलमा २ छक्का प्रहार गर्दै अविजित १८ रन बनाए । पवन सर्रफले २२ र कप्तान मञ्जित श्रेष्ठले १९ रन बनाए ।

कर्णालीका लागि अनुज चुनारा, प्रकाश जैसी र रविन्द्र शाहीले २-२ विकेट लिए । पुलिसका कुशल भुर्तेल खेलको म्यान अफ दि म्याच घोषित भए ।

जवाफमा कर्णालीले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि अन्तिम बलमा रनआउट भएका प्रकाश जैसीले ४७ बल खेल्दै ६ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ६८ रन बनाए ।

त्यसबाहेक कप्तान रवीन्द्रजंग शाहीले १७ रन जोड्दा दिवान पुन १७ रनमै अविजित रहे । मनिष थापा र दिनेश अधिकारीले समान १५ रन बनाए । पुलिसका लागि दीपेन्द्र सिंह ऐरी र योगेन्द्र सिंह कार्कीले २-२ विकेट लिए । दीपेन्द्रले २ ओभरमा ८ र योगेन्द्रले ३ ओभरमा १० रन खर्चिए ।

९ बलर प्रयोग गरेको पुलिसका लागि करण केसी, गुल्सन झा, पवन सर्राफ र कुशल भुर्तेलले समान १ विकेट लिए ।

 

online khabar

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बेलुवामा बेलपत्रेश्वर धार्मिक महायज्ञ सुरु

प्युठान नगरपालिका १ क्वाडी बेलुवामा सोमबारदेखि बेलपत्रेश्वर विराट धार्मिक महायज्ञ, शिव महापुराण तथा श्रृङ्गारिक गंगा...

जन्मदिनमा युरोपबाट १० लाखको बिमा उपहार

प्यूठानमा श्रीमानले श्रीमतीलाई बिमा पोलिसि उपहार दिएका छन्। स्वर्गद्वारी नगरपालिका ८ दहचौरका पदम बहादुर जि.सी....

नालापानी किल्लामा लडे,प्यूठान रम्दीका दयाराम खड्का

प्यूठानको माण्डबी गाउँपालिका ५ रम्दीकोट जन्मथलो भएका पुँवार खड्काहरुले नेपाली सेनामा पु¥याएको योगदानको राज्यले मूल्यांकन...

जिप दुर्घटनामा २ जनाको मृत्यु

सिंगल क्याप जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ लु २ च २९९० नम्बरको...

कृतिम बुद्घिमता(एआई) सम्बन्धि तालिम सम्पन्न

कृतिम बुद्घिमता(एआई) को प्रयोगसम्बन्धि तालिम प्यूठानमा सम्पन्न भएको छ। जिल्लाका ५ क्याम्पस र ५ माविमा...