News Portal

रेडियो सुन्नुहोस्

हुम्लामा कोरोनाविरुद्धको बुस्टर खोपको अभाव

झुलेनी नेटवर्कमाघ १४, २०७८
७६० पटक
माघ १४, २०७८

हुम्लामा कोरोनाविरुद्धको बुस्टर खोपको अभाव भएको छ । खोप नहुँदा अहिलेसम्म एक जनाले पनि बुस्टर डोज लगाएका छैनन् । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाभरि २७ हजार ६ सय ९० जनाले पहिलो डोज र १४ हजार ५७ जनले दोस्रो डोज लगाइसकेका छन् ।

खोपको बुस्टर मात्रा नआउँदा खोप अभियान नै प्रभावित भएको स्वास्थ्य सेवा प्रमुख प्रेमबहादुर सिंहले बताए । ‘खोप अभियान सुरु गर्न केन्द्रको निर्देशन आएको छ,’ उनले भने, ‘तर खोप नै नभएपछि अभियान सञ्चालन गरेका छैनौं ।’ जिल्लाभरिका स्वास्थ्य संस्थामा बुस्टर मात्रा लगाउन स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

पहिलो र दोस्रो मात्राको खोप लगाएका ६० वर्षमाथिका ज्येष्ठ नागरिक तथा कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र सञ्चारकर्मीलाई बुस्टर लगाउन संघीय सरकारसँग ५ हजार डोज खोप मागिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार १२ वर्षदेखि १८ वर्षमुनिका ५ हजार ८ सय ८१ बालबालिकालाई पहिलो मात्रा मोडर्ना खोप दिइसकिएको छ । उक्त खोपको दोस्रो मात्रा २८ दिनको फरक पारी माघ २ मा लगाउन सुरु गरिएको स्वास्थ्य प्रमुख सिंहले बताए । कार्यालयले ७ गाउँपालिकामा पुस ४ दखि १४ सम्म अभियान सञ्चालन गरेको थियो ।

हिमपातका कारण खोप लिएर स्वास्थ्यकर्मीलाई जान कठिन हुने देखिएपछि नाम्खा गाउँपालिका–६ लिमीका बालबालिकाले भने पहिलो डोज पनि लगाउन पाएका छैनन् । बर्सेनि झन्डै ६ महिना लिमी आसपासका डाँडाकाँडा हिउँले छोपिएका हुन्छन् । नाम्खामा लिमीबाहेकका ३ सय ३१ बालबालिकालाई खोप दिइएको छ । लिमीमा झन्डै २ सय ५० बालबालिका छन् ।

 

कान्तिपुर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...