News Portal

रेडियो सुन्नुहोस्

साहित्य परिषद प्युठानको अध्यक्षमा नवराज आचार्य

तेजेन्द्र बि. एम.२०७८ बेशाख १०
१७३४ पटक
२०७८ बेशाख १०

साहित्य परिषद प्युठानको नवौं अधिवेशन, स्रस्ता सम्मान र पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार प्युठान नगरपालिका ७ पुण्यखोला स्थित बहुउद्देश्यीय शैक्षिक भवनमा अधिवेशन गरिएको हो ।

अधिवेशनले नवराज आचार्यको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा कमला खनाल (पौडेल), सचिवमा धुर्व गिरि, सहसचिवमा महेश थापा, कोषाध्यक्षमा राजकुमारी कुवर चयन भएका छन् ।

यस्तै सदस्यहरुमा नारायण पाण्डे, गोपालय बिष्ट, सुमन सुवेदी, बि. पि. सेढाई, भानुभक्त पोख्रेल, शिला खड्का, लक्ष्मी मगर संघर्ष, रामप्रसद पोख्रेल, खेमराज पोख्रेल र सनम परियार चयन भएका छन् ।

कार्यक्रममा बाल्दै प्युठान नगरपालिका प्रमुख अर्नुन कुमार कक्षपतिले आफु पनि सानैदेखि साहित्य क्षेत्रलाई माया गर्ने भएकोले यसलाई बृहत आकार दिन जरुरी भएको र आफ्नो सहयोग रहिरहने बताएका छन् । यस्तै उपप्रमुख शान्ता आचार्यले साहित्यकारहरु कम मात्रामा भएकोमा चिन्ता व्यक्त गर्दै सबै क्षेत्रमा बालबालिका बाटै कलात्मक सिर्जनाको विकास गर्नुपर्ने बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका प्रा. डा. गोपिन्द्र पौडेलद्वारा आरोग्य दर्पण भाग १ (आहार विहारादी प्रकरण) र विजयराज आचार्यका बालकृतिहरुको अध्ययन नामक दुई पुस्तक विमोचन गरिएको छ ।

अधिवेशनको अवसरमा ठगिदेवी साहित्य तथा पत्रकारिता पुरस्कार मार्फत पदम प्रसाद शर्मा सम्मानित भएका छन् । यस्तै संस्थाको गरिमा बढाउन अतुलनीय योगदान पुर्यापएको र उत्कृष्ट स्रस्ताका रुपमा गोपिन्द्र पौडेल भेषमान गिरिलाई पनि अधिवेशनमा सम्मान गरिएको छ ।

प्रज्ञा प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य गोपिन्द्र पौडेलको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा प्युठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतीको विशेष आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा नगरपालिका उपप्रमुख सान्ता आचार्य, समाजसेवी डा. लेखराज सुवेदी, साहित्यकार प्रमोद प्रधान, मधुसूदन पौडेल लगायतका अतिथि र जिल्लाका अन्य सात्यर्कर्मीहरुको उपस्थिति रहेकोे थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...