News Portal

रेडियो सुन्नुहोस्

स्थानीय तहहरुले ल्याएको स्वास्थ्य विमा कार्यक्रम कहिले देखी लागु हुन्छ ?

झुलेनी नेटवर्क२०७९ असार,६ प्यूठान
८०७ पटक
२०७९ असार,६ प्यूठान

प्यूठानका केही स्थानीय तहहरुले जनताको निशुल्क स्वास्थय विमा कार्यक्रमलाई अगाडी सारेका छन । जनप्रतिनिधीहरुले आफुहरु स्थानीय तहको चुनावमा निर्वाचित भए प्रश्चात जनताको निशुल्क स्वास्थ्य विमा गर्ने निर्णय गरेका हुन ।
जिल्लाको माण्डवी गाउँपालिकाले साउन १ गतेदेखी स्वास्थ्य विमा कार्यक्रम लागु गर्ने भएको छ । गाउँपालिकाले स्वास्थय विमा कार्यक्रमलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल गरिरहेको माण्डवी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारीले जानकारी दिए ।
यस्तै गौमुखी गाउँपालिकाले पनि जनताको निशुल्क स्वास्थ्य विमा कार्यक्रम गर्ने भएको छ । गौमुखी गाउँपालिकाले पनि असार मसान्त सम्ममा कार्यविधी बनाएर विमा कार्यक्रम साउन १ गते देखी कार्यान्वयमा ल्याउने गाउँपालिकाका उपाध्यक्ष महाविर रानाले बताए ।
उता यस विषयमा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुले स्थानीय तहहरुले पालिका मातहतमा रहने गरि जनशक्ति खटाए मात्र स्वास्थय विमा कार्यक्रम प्रभावकारी हुने बताउछन ।
पालिका आफैले स्वास्थ्य विमा गर्ने जनशक्ति खटाउने की नखटाउने भन्ने विषयमा छलफल गरिरहेको स्थानीय तहहरुले बताएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...