News Portal

रेडियो सुन्नुहोस्

जुत्ता सिलाइबाटै हिमालले कमाउछन दैनिक स्रोह हजार

झुलेनी पोष्ट२०७९ भाद्र ९, प्यूठान
९७६ पटक
२०७९ भाद्र ९, प्यूठान

साँघुरो सडक, साँघुरो कोठाको बसाई, मानिसहरुको भिडभाड उत्तीकै देखिन्छ, उनको पसलमा । प्यूठान नगरपालिका ४ बिजुवार स्थित हस्पिटल लाईनको गल्लीको एक साँघुरो कोठामा जुत्ता चप्पल सिलाउदै गरेका हिमाल भन्छन,‘जुत्ता चप्पल सिलाई हाम्रो पुर्ख्याैली पेशा हो, काम गर्न किन लाज मान्नु ।’ आज भोली उनी जुत्ता चप्पल सिलाउनमा निकै व्यस्त देखिन्छन् ।

प्यूठान नगरपालिका ४ बिजुवार स्थित खमाल्दीका हिमाल नेपालीले विगत ४ वर्ष देखि जुत्ता चप्पल सिलाउदै आएका छन् । बिजुवार हस्पिटल लाईन जाने बाटोको गल्लीको साँघुरो कोठामा दैनिक रुपमा उनले जुत्ता चप्पल सिलाउँदै आएका छन् । ४० वर्ष पुगेका हिमालले जुत्ता चप्पल सिलाएर र बिक्री गरेर सिजनको समयमा दैनिक १६/१७ हजारसम्म कमाइ हुने बताउँछन् । उनले बिजुवारमा हिमाल शु–सेन्टर चलाउदै आएका छन् । सिलाउने पसलको मासिक १० हजार भाडा तिर्दै आएका छन् ।

आजभोली हिन्दु नेपाली महिलाहरुको महान पर्व तिज नजिकिनाले पनि जुत्ता चप्पल सिलाउन आउने महिलाहरु बढी हुने गरेको उनी बताउँछन् । अन्य समयमा पनि जुत्ता चप्पल सिलाएर दैनिक ३ हजार सम्म कमाइ हुने उनले बताए । ‘बाबु, बाजेले गर्दै आएको पुर्ख्याैली पेशालाई जीवन्त राख्नका लागि यो पेशा थालेका हुँ,’ उनले भने । करिब १२ वर्ष विदेशमा जीवन बिताएका हिमालले अर्काको देशमा काम गर्न साह्रै गाह्रो हुने अनुभव सुनाए । ‘काम गर्न लाजमान्नु हुँदैन,’ उनले भने, ‘अर्काको देशमा पसिना चुहाउनु भन्दा आफ्नै देशमा केही काम गरि परिवारसगैँ बस्न यो पेशामा लागेको हुँ ।’ उनको परिवारमा श्रीमती, आमा, बुवा र एक छोरा र छोरी छन् । भिडभाडको समयमा श्रीमतीले सिलाउने काममा सहयोग गर्दै आएकी छिन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...