News Portal

रेडियो सुन्नुहोस्

कर्मचारीहरुबिच फुटवल प्रतियोगिता

झुलेनी पोष्ट २०७९ भदौ, २३ प्यूठान
८८८ पटक
२०७९ भदौ, २३ प्यूठान

सरुमारानी गाउँपालिका तथा वडाका कर्मचारीहरुबिच फुटवल प्रतियोगिता सम्पन्न भएको छ । निजामती कर्मचारी सेवा दिवस २०७९ को अवसरमा गाउँपालिकास्तरिय फुटवल प्रतियोगिता बुधबार राति सम्पन्न भएको हो । “व्यवसायिक र सृजनशील प्रशासन,विकास समृद्धि र सुशासन “ भन्ने नारा सहित दिवसको अवसरमा विभिन्न प्रतियोगिता तथा खेलहरु संचालन गरिएको थियो ।

फुटवल खेल सहित महिला कुर्ची दौड प्रतियोगिता र हाजिरी जवाफ प्रतियोगिता संचालन गरिएको थियो ।
गाउँपालिका मातहतमा कार्यरत ११ जना कर्मचारीहरुलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान तथा पुरस्कृत समेत गरिएको छ ।

साथै दिवसको अवसरमा रक्तदान कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा २ जना जनप्रतिनिधि , १४ कर्मचारी र १ जना सेवाग्राही गरि १७ जनाले रक्तदान समेत गरेका थिए ।

सरूमारानि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चिन्तामणि रेग्मीको अध्यक्षतामा, गाउँपालिकाका आदरणिय अध्यक्ष झगबहादुर विश्वकर्माको प्रमुख आतिथ्यता एवम् गाउँपालिका मातहतमा कार्यरत कर्मचारी र जनप्रतिनिधीको उपस्थिती रहेको कार्यक्रमको संचालन प्रशासन शाखाका अधिकृत लक्षमण आचार्यले गर्नुभएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...