News Portal

रेडियो सुन्नुहोस्

लुम्बिनीमा एमाले पहिलो दल

झुलेनि नेट्वोर्क मंसिर ११
५१३ पटक
मंसिर ११

झुलेनी नेटवर्क
लुम्बिनीमा प्रत्यक्षतर्फ नेकपा एमाले नै ठूलो दल बनेको छ । यहाँ रहेका ५२ निर्वाचन क्षेत्र मध्ये एमालेले १८ सिट जितेर पहिलो दल बनेको हो । नेपाली कांग्रेस गठबन्धनको बलमा १७ सिट जित्दै दोस्रो दल बनेको छ । नेकपा माओवादी केन्द्रले ५ सिट जितेर तेस्रो बनेको छ । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले २–२ सिट जितेका छन् भने सिके राउत नेतृत्वको जनमत पार्टीले एक सिट जितेको छ ।
माओवादीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएका तीनजना स्वतन्त्र उम्मेदवारले समेत जितेका छन् । अघिल्लो प्रदेश सभामा ५ दलको सहभागिता रहेकामा यसपटक कम्तीमा ८ दलको प्रतिनिधित्व हुनेछ । समानुपातिकमा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले १.५ प्रतिशत मत कटाए भने १० दलको प्रतिनिधित्व हुने छ । यसपटक लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टी, जनमत र राप्रपा नयां दलका रुपका थपिएका छन् ।
पहिलो दल बनेको नेकपा एमालेबाट लिला गिरी–रुपन्देही २(१),भोजप्रसाद श्रेष्ठ–रुपन्देही २(२), तुल्सीप्रसाद चौधरी–रुपन्देही–३(२), भुमिश्वर ढकाल–रुपन्देही ५(१),चिन्तामणि पाण्डे–गुल्मी १(१),डिल्लिराज भुसाल–गुल्मी २(१) दिनेश पन्थी–गुल्मी २(२),.राजुप्रसाद श्रेष्ठ–पाल्पा १(१) र खेमबहादुर सारु –पाल्पा १(२) बाट निर्वाचित भएका छन् ।
यस्तै चेतनारायण आचार्य–अर्घाखांची १(२),राजजीप्रसाद घिमिरे–अर्घाखांची १(२),विष्णु पन्थी–कपिलवस्तु १(१),मधुशरणप्रसाद चौधरी–कपिलवस्तु १(२),नवराज लामिछाने–कपिलवस्तु २(१),अर्जुनकुमार केसी–कपिलवस्तु ३(१),तुल्सीराम शर्मा–प्युठान १(१),दुर्गाप्रसाद चौधरी–बांके १(२) र रत्नबहादुर खत्री–बांके ३(१) बाट निर्वाचित भएका छन् । दोस्रो दल बनेको नेपाली कांग्रेसबाट अब्दुल रज्जाक गद्दी–रुपन्देही १(२), वसिउद्दिन खां–रुपन्देही ४(२),विश्वप्रेम पाठक–नवलपरासी १(१),देवकरणप्रसाद कलवार– नवलपरासी १(२),सुधाकर पाण्डे –कपिलवस्तु २(२), सरोज थापा (रोज राणा)–प्युठान १(२),अनुराग खड्का–दाङ १(२),राजु खनाल–दाङ २(१),प्रचण्डविक्रम न्यौपाने –दाङ २(२), डिल्लीबहादुर चौधरी–दाङ ३(१) बाट निर्वाचित भएका छन् । यस्तै बादशाह कुर्मी–बांके ३(२),धनबहादुर केसी–रुकुमपुर्व १(२),भुवनेश्वर चौधरी–बर्दिया १(१),जन्मजय तिमिल्सेना–बर्दिया २(१),बीरबहादुर राना–पाल्पा २(१),धनेन्द्र कार्की–गुल्मी १(२) र बैजनाथ कलवार जैसवाल–नवलपरासी २(२) बाट निर्वाचित भएका छन् ।

तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रबाट जोखबहादुर महरा–रोल्पा १(१),.इन्द्रजित थारु –दाङ १(१),कृष्णा केसी–बांके १(१),तुलाराम घर्ती–पाल्पा २(२) र धनबहादुर मास्की–दाङ ३(२) बाट निर्वाचित भएका छन् । यस्तै जनता समाजवादी पार्टीबाट भण्डारीलाल यादव–बांके २(१) र आदेशकुमार अग्रवाल–बांके २(२) बाट निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डे –रुपन्देही ३(१) र कन्हैया बनिया–रुपन्देही ४(१) बाट निर्वाचित भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आशिषकुमार चौधरी–रुपन्देही १(१) र जानकीप्रसाद यादव–कपिलवस्तु ३(२) बाट निर्वाचित भएका छन् । नयां दलको रुपमा उदाएको नागरिक उन्मुक्ति पार्टीबाट राजकुमार चौधरी–बर्दिया १(२) र धर्मबहादुर चौधरी–बर्दिया २(२) बाट निर्वाचित भएका छन् ।
न्यां दलकै रुपमा प्रदेश सभामा प्रवेश गरेको जनमत पार्टीबाट चन्द्रकेश गुप्ता–रुपन्देही ५(२) बाट निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका दीपेन्द्र पुन–रोल्पा १(२), सरुल पुन–रुकुमपुर्व १(१) र खड्ग बस्नेत–नवलपरासी २(२) बाट निर्वाचित भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘भित्रीकोट दरबार’ र ‘पञ्चमार्क मुद्रा’ को हुलाक टिकट प्रचलनमा

हुलाक सेवा विभागले ‘भित्रीकोट दरबार’ र ‘पञ्चमार्क मुद्रा’ को तस्बिर अङ्कित हुलाक टिकट प्रचलनमा ल्याएको...

लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्रीको विशेष सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताले प्रयोगमा लुम्बिनी प्रदेश सफल भएको बताएका छन् । सोमबार लुम्बिनी...

प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभालाई विशेष सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभालाई विशेष सम्बोधन गर्दै छन् । आज(सोमबार) साढे ११ बजे...

‘नेपालको सन्दर्भमा सङ्घीयताको औचित्य’ विषयक अन्तरक्रिया विजुवारमा सम्पन्न

नेपालको सन्दर्भमा सङ्घीयताको औचित्य विषयक अन्तरक्रिया कार्यक्रम विजुवारमा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा प्यूठानको...

होटल क्षेत्र आर्थिक प्रणालीमा सकारात्मक प्रभाव पार्ने ब्यवसायः महतरा

झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले होटल व्यवसाय देशको आर्थिक प्रणालीमा सकारात्मक प्रभाव पार्ने...