News Portal

रेडियो सुन्नुहोस्

बिगतलाई भुल्न त भएन नि ?

किरण पोख्रेल (एक बसन्त)२०७९ पाैष ०६ गते प्यूठान
११६१ पटक
२०७९ पाैष ०६ गते प्यूठान

लामो इतिहास बोकेको नेपाली काँग्रेसको बिगत गर्वलाग्दो भएपनि बिगत दुई दशक भने खासै राम्रो रहेन । नेपाली काँग्रेसभित्र सुवर्ण, विपि, गणेशमान तत्कालीन समयका चर्चित नेता थिए । सुनेको वि पि भन्नुहुन्थ्यो एकदिन नेपाली काँग्रेसमा खराब मानिसहरुको हालीमुहाली हुनेछ जसको अन्त्यको लागि असल कार्यक्रताले पार्टीभित्र विद्रोह गर्नुपर्ने हुन्छ । आज विपिको त्यो भनाइले सार्थकता पाएको छ ।

अहिलेको समग्र राजनितीको चर्चा गर्दा यहाँ दुई तरिकाले सोच्ने मान्छेहरु राजनितीमा छन् । एक दिमाग र दुईमा दिल, देशविकास भन्दा पनि आफ्नो स्वार्थ भनौं नाम र दाम परिपुर्तिको लागि राजनितीलाई प्रयोग गर्नेहरुले दिमाग देखि सोच्छ्न् । जसले राष्ट्रहित, जनहितको लागि सोच्छ्न् उनिहरु दिलदेखी सोच्ने गर्छन् । दिमाग देखी सोचेर राजनीति गर्नेहरुले गर्दा नै दिलदेखि सोच्नेहरुको अवमूल्यन भैरहेको छ । जसले गर्दा देशले ठुलो मूल्य चुकाउन परेको छ । जब नराम्रा मान्छेहरुको भिड ठुलो हुँदै जान्छ त्यहाँ राम्रा मान्छेहरु पाखा लाग्ने गर्छन् । त्यसैले राजनीतिमा राम्रा मान्छेहरुको भिड बढाउनु छ । उनिहरुलाई साथ र समर्थन गर्नु छ । जसले गर्दा नराम्रा मान्छेहरु पाखा लागुन् । त्यसैले जुन दल पार्टीबाट आएपनि आशालाग्दा युवाहरुलाई राजनितीमा स्वागत छ । जनभावनालाई बुझेर काम गर्नु पार्टी र नेता दुबैको जिम्मेवारी हुन्छ । अझ पाटि नेतृत्वले झन् यो कुरालाई बढी गम्भीरताका साथ लिनुपर्छ । नेपाली राजनीतिको पछिल्ला ३ दशकमा उनै अनुहारहरु पालै पालो सत्तामा बसेर नेतृत्व गर्दा अस्थिर सरकार र नेताका जिवनशैलिमा परिवर्तन भयो तर देश र जनताको स्थिती ज्युँ को त्यँु रह्यो । देशलाई आवश्यक परेको बेला राजनीति परिवर्तन गर्न सक्ने चाहे विपि हुन् या प्रचण्ड जस्ले गरे युवा अवस्थामै गरे । आफुहरु युवा अवस्थामा विद्रोह गरि नेतृत्वमा पुगेर अहिले बिगतलाई भुल्न त भएन नि ?

१४ औं महाधिवेशनमा गुट बचाउ अभियानमा उहाँ सभापति दोहोरिनु भएको हो । आदरणीय सभापतिलाई फेरी प्रधानमन्त्री बन्न बाध्य बनाउने तिनिहरु हुन् जो “मै खाउँ मै लाउँ मै मात्र बनु” भन्ने सोँच राख्छन्, जसको राजनैतिक भविष्य सभापतिको आशीर्वादले मात्रै टिकेको छ । विपिले भनेझैं नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कार्यकर्ता या त चरम अवसरवादी हुन् या त दास हुन् । नेतृत्व परिवर्तन संगै सहि नेतृत्वले के गर्छ भन्ने कुरा राप्रपाले छोटो अन्तराल मै देखाइदियो भने जनमोर्चा (मसाल)को हविगत देखिएकै छ । नेपालमा राजनीति स्थिरता छैन । कसैले यो नसोचे हुन्छ । अब काँग्रेसका छोरा काँग्रेस नै रहन्छन् । काँग्रेस कै घरबाट पुर्ण रुपमा प्रत्यक्ष छाडौँ समानुपातिक मै काँग्रेसमा भोट गएको छैन ।

अहिले भैरहेको भारतको राज्यचुनावमा भाजपा र आम आद्मिको उदयसंगै अहिले काँग्रेसको के हालत छ ? ठिक त्यहीँ मार्गमा नेपाली काँग्रेस छ । भर्खरै सम्पन्न सम्सदिय चुनावमा नेपाली काँग्रेसले गठबन्धन गरेर प्रत्येक्षतर्फ ५७ र समानुपातिक तर्फ ३२ सिट गरेर जम्मा ८९ सिट लिन सफल भएको छ । गठबन्धन गरेर लिएको प्रत्येक्ष सिट संख्या र समानुपातिकमा बिगतको भन्दा कम मत संख्याले पार्टीलाई थप कमजोर साबित गरेको छ । यस्तो बिग्रदो स्थिति, काँग्रेसभित्र उहीँ पुराना नेताहरुको नेतृत्व र सरकारमा हुँदा केही गर्न नसकेको अवस्थाले युवा कार्यकर्ता काँग्रेसको विकल्पमा अरु रोज्न थालेको पाइन्छ । अहिलेको राजनीति परिस्थिति र कार्यकर्ताको भावनालाई सम्बोधन गर्दै यसपाली नेपाली काँग्रेस सभापति शेर बहादुर देउवा, सम्माननिय नेता, रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर कोइरालाले गगन थापालाइ संसदिय दलको नेता बनाउदै देशको प्रधानमन्त्री गराउँदा पार्टी रहन्छ । पाटिभित्र हामी रहन्छौँ । मैले काँग्रेस नेतृत्वमा परिवर्तन चाहान्छु भने अरु हजारौं लाखौं काँग्रेस प्रेमीहरुले चाहानुहुन्छ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...