News Portal

रेडियो सुन्नुहोस्

पदमार्ग निमार्णले गौमुखी क्षेत्रका पर्यटकिय स्थलहरु जोडिदै

सिखबर संवाददाताप्यूठान, चैत्र
१३८५ पटक
प्यूठान, चैत्र

जिल्लाको उत्तरी क्षेत्रमा गौमुखी पदमार्ग निमार्ण थालीएसंगैै त्यस क्षेत्रको ग्रामिण पर्यटनमा विस्तार भएको छ। ।
जिल्लाको गौमुखि क्षेत्रमा पदमार्ग मार्फत सबै महत्वपूर्ण स्थलहरु जोडिन थालेपछि आफुहरुको जिवनस्तरमा परिवर्तन आउने अपेक्षासहित स्थानीयहरु हर्षित बनेका छन् ।

नेपाल पर्यटन बोडर्, भृकुटी मण्डप काठमाण्डौबाट सहयोग भएसंगै स्थानीयले उपभोक्ता समिति मार्फत पदमार्ग निर्माणको थालनी गरेका हुन् । उत्तरी प्यूठानका महत्वपूर्ण स्थलहरु समेटेर निर्माण गरिने उक्त पदमार्गले त्यस क्षेत्रका पर्यटकिय गन्तब्यहरुको पवद्र्धन गर्ने विश्वास लिइएको स्थानिय गोवद्र्धन थापाको भनाई छ ।

करिव ३५ किलोमिटर रहेको पैदल मार्गका लागि ३ देखि ४ दिनको प्याकेज सहितको पदयात्राका लागि आवश्यक संरचना निमार्ण गरिने पदमार्ग निर्माण समितिले जानकारी दिएको छ । प्यूठान जिल्लाको मच्छीको ढाड हुँदै स्नाथान र दिहाल्नामा रहेका विभिन्न मनोरम वातावरणमा रमाउँदै पहिलोदिन पुजाँ गा.वि.स.को वाग्लीवाङमा रात विताउने (जहाँ नेपाल कै नमुना होम स्टे सञ्चालन गर्न थालिएको छ ।) त्यस दोश्रो दिन विहानै तामा खानी (जुन १ सय बर्ष तामा उत्खनन गरे पनि तत्कालिन राजा त्रिभुवनका पालामा रोक लगाइएको थियो । तामा खानी क्षेत्रको अवलोकन पश्चात रजवारामा रहेको धार्मिक स्थल झाक्रिढुगां जहाँ राजा विरेन्द्रले पुजाँ गर्न दुत पठाएका थिए भन्ने वुढापाकाको भनाई छ । रजवाराको जगंलको उच्च स्थानमा रहेको दह, पारि पट्टी कोठी भिरको दृश्यावलोकन, तिखाचुली लेकको फेदी हुँदै प्यूठान जिल्लाको नमुना होम स्टे लेख छहरा होम स्टे जुन जिल्लाको सबै भन्दा उच्च स्थानमा रहेको बस्तीमा होम स्टे सञ्चालन गर्न थालिएको छ । तेश्रोदिन प्यूठानको महत्वपूर्ण पर्यटकिय स्थल बाइसमुल झरनाको आनन्द लिन सकिने छ । प्यूठानको महत्वपूर्ण पर्या पर्यटनको अथाह सम्भावना बोकेको गौमुखी संरक्षित बनको मनोरम वातावरणमा जगंल यात्रा गराउने, (जहाँ डाँफे मुनाल, हाव्रे, चराचुरुङ्गि, घोरल, कस्तुरी मृग,रेड पाण्डा, भालुहरु लगायतका बन्य जन्तुहरु संगै रमाउने एक दिने कार्यक्रम गरी अर्खा मै वास वस्ने, गौमुखी धार्मिक स्थलको अवलोकन गर्दै जिल्लाको नमुना वस्ती जहाँ अल्प संख्यक र जनजाति तामाङ्ग समुदायमा पु¥याई होम स्टेमा बसाल्ने र अन्तिम दिन गुल्मीको अग्लुङ्गफेदी हुँदै प्यूठानको नारिकोट र नेपालको कम्युनिष्ट आन्दोलनको प्रारम्भमा भएको किसान आन्दोलन (जुन नारिकोटका कोदे साहुँहरुलाई तत्कालिन अवस्थामा कम्युनिष्ट नेता मोहन विक्रम सिंहले साहु महाजनको कोदो त्यहाँ स्थित किसान र गरिव जनताहरुलाई वितरण गरेका थिए ।) उक्त कम्युनिष्ट आन्दोलनको अह्म भूमिका खेलेको क्षेत्रको अध्ययन अवलोकन गर्दै ओखरकोट ढाडँ आएर प्याकेज अन्त्य गरिने गौमुखी पद यात्रा निर्माण समितिका अध्यक्ष महावीर रानाले जानकारी दिनु भयो ।

गतवर्ष पदमार्गको लिवाङ,पुजा, रजवारा, र अर्खा, गा.वि.स. खण्डमा पदमार्ग निर्माण कार्य सम्पन्न भएको अध्यक्ष रानाले बताउनु भयो । चालु आ.व. ०७४÷०७५ मा पदमार्ग पुरा गरिने भन्दै रानाले भन्नु भयो “ पदमार्ग निर्माण पश्चात गौमुखी क्षेत्रमा रहेका महत्वपूर्ण पर्यटकिय स्थलहरुको अवलोकन गर्न सकिनुका साथै गौमुखी क्षेत्रको विकासका लागि कोशे ढुगां सावित हुने छ ।”
गौमुखी पदमार्गले जिल्लाका मगर, गुरुङ, तामाङ , दलित लगायत फरक फरक समुदायहरुलाई समेटेको छ । यो क्षेत्रमा फरक भेषभुषा, संस्कृति भएका मगरहरु, जिल्लामा अल्प संख्यक तर नेपालको सास्कृतिक रुपमा धनि तामाङ, गुरुङ, केही घर थकाली, दलितहरुको वस्तीले फरक फरक संस्कृति झल्कीने ऐतिहासिक तर साँस्कृति सम्पदाहरुको अध्ययन गर्न ठुलो भूमिका रहेने निर्माण समितिका सचिव मुक्ती रानाले बताउनु भयो । यहाँको देवाली, ल्होसार, दशै तिहार, जस्ता पर्व, घाटु नाँच, सोरठी, मारुनी, द्यौसी भैलो, भजन कृर्तनले रमाइलो गरी पाहुँना राख्नु र ति पाहँुनाहरुले यहाँको राम्रो अध्ययन गर्न सक्नु मुख्य उपलब्धी हुन जाने रानाले दावी गर्नुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बीमाको विषयमा पत्रकारसंग अन्तरक्रिया सम्पन्न

बीमाको विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण...

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...