News Portal

रेडियो सुन्नुहोस्

उत्पादन भएका तरकारीको बजारिकरणका लागि पालिकाले समन्वय गर्ने छ, अध्यक्ष खड्का

बिबश जि.एम१३ फागुन २०७९
८०३ पटक
१३ फागुन २०७९

मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले गाउँपालिका भित्र उत्पादन भएका तरकारीको बजारिकरणको लागि पालिकाले समन्वय गर्ने बताए छन् । मिनिटिलर मर्मत सम्बन्धि ३ दिने तालिमको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले तरकारीको बजारीकरणको समन्वय र पालिकामा भएको हातबजारलाई व्यवस्थापन गर्ने बताएका हुन् ।

अध्यक्ष खड्काले गाउँपालिकाले यसलाई व्यवसायिक रुपमा किसानहरुलाई खेती प्रणालीमा जोड दिएको समेत बाएका छन् ।

तरकारी खेति सामुहिक रुपमा गर्न सके अझै सफलता लिन सकिने अध्यक्ष खड्काको भनाई छ ।
त्यस्तै जनप्रिय स्मार्र्ट कृषि गाउँ कार्यक्रम लुम्बिनी प्रदेशका संयोजक नारायण भट्टराईले हालको किसानहरु सुस्तपना भएको भन्दै सक्रिय भएर लाग्न अनुरोध गरे । साथै उनले मौसमी मात्र नभएर बेमौसमी तरकारी खेतिमा लाग्न पनि सहभागिहरुलाई आग्रह गरेका छन् ।

त्यस्तै प्रदेश सरकार र मल्लरानी गाउँपालिकाको बहुबर्षिय शर्सत अनुदानम स्मार्ट कृषिका लागि बाटो मर्मत हुने कार्य पनि भइरहेको अध्यक्ष थापाले बताए ।

प्रदेश सरकार र गाउँपालिका बाट ५० र ५० लाख गरि कुल एक करोडको लगानीमा कामहरु अगाडी बढेको उनले जानकारी दिए ।
तालिम अवधिभर कृषि औजार इन्जिनियर बिष्णु पौडलले प्रशिक्षण दिने समेत बताइएको छ ।

मल्लरानी गाउँपालिकाको आर्थिक सहयोग तथा जनप्रिय स्मार्ट कृषि गाउँ कार्यक्रम मल्लरानी गाउँपालिका वडा नं २ को आयोजनामा तालिम  शुक्रबार बाट सुरु भएको छ ।

२ नं वडाको कुडारामा सुरु भएको कार्यक्रम ३ दिन अर्थात १४ गतेसम्म चल्ने वडा अध्यक्ष लेख बहादुर थापाले जानकारी दिए ।

कार्यक्रममा वडाबाट कुल ५८ जना कृषकहरु सहभागि भएको छन् ।
जनप्रिय स्मार्ट कृषि गाउँ कार्यक्रमका संयोजक नारायण भट्टाराईको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष रमेशराज श्रेष्ठ, अतिथि वडा अध्यक्ष लेख बहादुर थापा मगर, कृषि शाखा प्रमुख मोति आचार्य लगायतको उपस्थिति रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...