News Portal

रेडियो सुन्नुहोस्

उत्पादन भएका तरकारीको बजारिकरणका लागि पालिकाले समन्वय गर्ने छ, अध्यक्ष खड्का

बिबश जि.एम१३ फागुन २०७९
५६७ पटक
१३ फागुन २०७९

मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले गाउँपालिका भित्र उत्पादन भएका तरकारीको बजारिकरणको लागि पालिकाले समन्वय गर्ने बताए छन् । मिनिटिलर मर्मत सम्बन्धि ३ दिने तालिमको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले तरकारीको बजारीकरणको समन्वय र पालिकामा भएको हातबजारलाई व्यवस्थापन गर्ने बताएका हुन् ।

अध्यक्ष खड्काले गाउँपालिकाले यसलाई व्यवसायिक रुपमा किसानहरुलाई खेती प्रणालीमा जोड दिएको समेत बाएका छन् ।

तरकारी खेति सामुहिक रुपमा गर्न सके अझै सफलता लिन सकिने अध्यक्ष खड्काको भनाई छ ।
त्यस्तै जनप्रिय स्मार्र्ट कृषि गाउँ कार्यक्रम लुम्बिनी प्रदेशका संयोजक नारायण भट्टराईले हालको किसानहरु सुस्तपना भएको भन्दै सक्रिय भएर लाग्न अनुरोध गरे । साथै उनले मौसमी मात्र नभएर बेमौसमी तरकारी खेतिमा लाग्न पनि सहभागिहरुलाई आग्रह गरेका छन् ।

त्यस्तै प्रदेश सरकार र मल्लरानी गाउँपालिकाको बहुबर्षिय शर्सत अनुदानम स्मार्ट कृषिका लागि बाटो मर्मत हुने कार्य पनि भइरहेको अध्यक्ष थापाले बताए ।

प्रदेश सरकार र गाउँपालिका बाट ५० र ५० लाख गरि कुल एक करोडको लगानीमा कामहरु अगाडी बढेको उनले जानकारी दिए ।
तालिम अवधिभर कृषि औजार इन्जिनियर बिष्णु पौडलले प्रशिक्षण दिने समेत बताइएको छ ।

मल्लरानी गाउँपालिकाको आर्थिक सहयोग तथा जनप्रिय स्मार्ट कृषि गाउँ कार्यक्रम मल्लरानी गाउँपालिका वडा नं २ को आयोजनामा तालिम  शुक्रबार बाट सुरु भएको छ ।

२ नं वडाको कुडारामा सुरु भएको कार्यक्रम ३ दिन अर्थात १४ गतेसम्म चल्ने वडा अध्यक्ष लेख बहादुर थापाले जानकारी दिए ।

कार्यक्रममा वडाबाट कुल ५८ जना कृषकहरु सहभागि भएको छन् ।
जनप्रिय स्मार्ट कृषि गाउँ कार्यक्रमका संयोजक नारायण भट्टाराईको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष रमेशराज श्रेष्ठ, अतिथि वडा अध्यक्ष लेख बहादुर थापा मगर, कृषि शाखा प्रमुख मोति आचार्य लगायतको उपस्थिति रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...