News Portal

रेडियो सुन्नुहोस्

किसानलाई दाते ओखरका बिरुवा वितरण

झुलेनी पोष्ट२०७९फागुन २३ प्यूठान
१००५ पटक
२०७९फागुन २३ प्यूठान

जिल्लाका किसानहरुलाई दाते ओखरका बिरुवा वितरण गरिएको छ । डिभिजन वन कार्यालय प्यूठानको आर्थिक सहयोग तथा स्थानीय तहहरुको समन्वयमा टर्कीबाट ल्याइएका बिरुवा वितरण गरिएको हो । हिँउदे बाली अन्तर्गत पर्ने चेन्डलर प्रजातिका दाते ओखरका कलमी बिरुवाहरु वितरण गरिएको डिभिजन वन कार्यालय प्यूठानका रेन्जर हरी पौडेलले जानकारी दिए ।

जिल्लाको नौबहिनी गाउँपालिका १ स्याउलीवाङमा ९सय, गौमुखीको रजवारामा ५सय, मल्लरानी गाउँपालिकाको वडा नं.१ र ४ मा ६सय, प्यूठान नगरपालिका, माण्डवी गाउँपालिका र अन्य स्थानमा १/१ सय विरुवा वितरण गरिएको डिभिजन बन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रति बिरुवा ६सय१२ रुपैयाका दरले खरिद गरी २हजार ३सय ५० वटा बिरुवा टर्कीबाट ल्याइएको थियो ।

व्यावसायिक रुपमा दाते ओखर खेती गर्न इच्छुक किसानहरुलाई ५०/५० वटाका दरले बिरुवा विरतण गरिएको हो । जिल्लाको स्याउलीवाङ, रजवारा, मल्लरानी १ र २ लाई दाते ओखर पकेट क्षेत्र विस्तार गरिएको छ । डिभिजन बन कार्यालय प्यूठानको २०७९/८० को स्वीकृत वार्षिक उच्च पहाडी क्षेत्रमा ओखर बिकास कार्यक्रम अन्तर्गत बिरुवा खरिद गरी किसानहरुलाई वितरण गरिएको रेन्जर पौडेलले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...