News Portal

रेडियो सुन्नुहोस्

किसानलाई दाते ओखरका बिरुवा वितरण

झुलेनी पोष्ट२०७९फागुन २३ प्यूठान
९०२ पटक
२०७९फागुन २३ प्यूठान

जिल्लाका किसानहरुलाई दाते ओखरका बिरुवा वितरण गरिएको छ । डिभिजन वन कार्यालय प्यूठानको आर्थिक सहयोग तथा स्थानीय तहहरुको समन्वयमा टर्कीबाट ल्याइएका बिरुवा वितरण गरिएको हो । हिँउदे बाली अन्तर्गत पर्ने चेन्डलर प्रजातिका दाते ओखरका कलमी बिरुवाहरु वितरण गरिएको डिभिजन वन कार्यालय प्यूठानका रेन्जर हरी पौडेलले जानकारी दिए ।

जिल्लाको नौबहिनी गाउँपालिका १ स्याउलीवाङमा ९सय, गौमुखीको रजवारामा ५सय, मल्लरानी गाउँपालिकाको वडा नं.१ र ४ मा ६सय, प्यूठान नगरपालिका, माण्डवी गाउँपालिका र अन्य स्थानमा १/१ सय विरुवा वितरण गरिएको डिभिजन बन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रति बिरुवा ६सय१२ रुपैयाका दरले खरिद गरी २हजार ३सय ५० वटा बिरुवा टर्कीबाट ल्याइएको थियो ।

व्यावसायिक रुपमा दाते ओखर खेती गर्न इच्छुक किसानहरुलाई ५०/५० वटाका दरले बिरुवा विरतण गरिएको हो । जिल्लाको स्याउलीवाङ, रजवारा, मल्लरानी १ र २ लाई दाते ओखर पकेट क्षेत्र विस्तार गरिएको छ । डिभिजन बन कार्यालय प्यूठानको २०७९/८० को स्वीकृत वार्षिक उच्च पहाडी क्षेत्रमा ओखर बिकास कार्यक्रम अन्तर्गत बिरुवा खरिद गरी किसानहरुलाई वितरण गरिएको रेन्जर पौडेलले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...