News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिका द्धारा कृषकलाई कुखुराको चल्ला वितरण

बिबश जि एम २०७९ चैत्र १५ प्यूठान
४७१ पटक
२०७९ चैत्र १५ प्यूठान

प्यूठान नगरपालिकाले अति न्यून आय भएका कृषकहरुका लागि कुखुराको चल्ला वितरण गरेको छ ।

नगरपालिकाले यो आर्थिक बर्षको लागि वडा नं २, ३  र ६ नं वडा गरि तीन वटा वडामा चल्ला वितरण गरेको हो । २ र ३ नं वडामा २०/२० घरधुरी र ६ नं वडामा १० घरधुरी गरी जम्मा यो बर्ष ५० घरधुरीका लागि दाना पानीको लागि भाँडा र १० किलो दाना दिएको छ ।

आर्थिक उपार्जन तथा पोषण सुधारको लागि न्यून आय भएका व्यक्तिहरुलाई चल्ला वितरण गरिएको प्यूठान नगरपालिका पशुसेवा शाखा प्रमुख गिरिराज पौडेलले जानकारी दिए ।

अण्डा र मासु किन्न नपर्ने गरि कृषकहरुलाई आत्मनिर्भर बनाउनका लागि चल्ला दिइएको शाखा प्रमुख पौडेलले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कांग्रेस उपसभापति धनराज गुरुङमाथि सहकारी ठगीको आरोप, सीआइबीमा उजुरी

पूर्वकानूनमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाइ सहकारी ठगिको आरोप लागेको छ । उनिविरुद्ध सहकारी...

संयुक्त राष्ट्रसङ्घको महासभा भोलिदेखि, नेपालको तर्फबाट असोज १० मा प्रधानमन्त्रीले सम्बोधन गर्ने

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा भोलीदेखि अमेरिकाको न्युयोर्कमा सुरु हुँदैछ । यसपालिकाे राष्ट्रसङ्घको महासभाको नारा...

सत्तारुढ दलहरूको बैठकमा न्यूनतम साझा कार्यक्रम बारे छलफल हुदै

नयाँ गठबन्धन बनेको २ महिनापछि सत्तारुढ दलहरूको बैठकमा न्यूनतम साझा कार्यक्रमबारे छलफल हुदैछ । प्रधानमन्त्री...

कोरोनाविरुद्धको खोप प्युठानमा बुधवारदेखि सुरु हुने  

कोरोना भाइरस विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान आगामी बुधवारदेखि सञ्चालन हुँदै छ । स्वास्थ्य कार्यालय प्युठानले...

आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा आराधना गरिदै

हिन्दू नेपाली नारीले आज ऋषिपञ्चमीको अवसरमा सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । आज बिहानै उठेर...