News Portal

रेडियो सुन्नुहोस्

औलो रोग सम्वन्धि अन्तरक्रिया विजुवारमा सम्पन्न

मधुसुदन पोख्रेल२०८० बैशाख १२, प्यूठान
६३५ पटक
२०८० बैशाख १२, प्यूठान

प्यूठानमा औलो रोग सम्वन्धी अन्तरकृया कार्यक्रम गरीएको छ । विश्व औलो रोग दिवसको अवसरमा मंगलबार स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा जिल्लाका संचारकर्मी तथा विभिन्न सरोकारवालाहरु संग छलफल गरिएको हो ।

शुन्य औलो अबको थालनी नविनतम कार्य, कार्यान्वयनमा लगानी भन्ने नाराका साथ यसपटकको विश्व औलो दिवस मनाईएको छ । पहिले तराइका जिल्लाहरुमा यो रोगको प्रभाव वढि देखिन्थ्यो देखिन्थ्यो तर पछिल्लो समय पहाडी जिल्लाहरुमा पनि औलो रोगका विरामीहरु वर्षेनी देखिन थालेका छन ।

अबको समय वर्षायामको समय भएकोले लामखुट्टेको टोकाईबाट बच्न विद्यालय स्तरमा कार्यक्रम गरे प्रभावकारी हुने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख तथा बरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेको भनाई छ ।

एनाफिलिक्स जातको पोथि लामखुट्टेबाट यो रोग सर्ने भएकोले लामखुट्टेको टोकाई बाट बच्नुनै यसको उपाय रहेको पाण्डेको भनाई छ ।

चालु आर्थिक वर्ष ०७९÷०८० मा प्यूठानमा पनि ३ जनामा औलो रोगका संक्रमित भेटिएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ ।

औलोरोग निवारण गर्न सम्पुर्ण नागरीकहरु सजग हुनु पर्ने प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताए ।

वि.स. २०१५ बाट औलोरोग निवारण कार्यक्रम थालनी भएपनि हाल सम्म यसको निवारण भएको छैन । नेपाल सरकारले सन २०२५ सम्म औलोरोग निवारण गर्ने लक्ष्य लिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...