News Portal

रेडियो सुन्नुहोस्

औलो रोग सम्वन्धि अन्तरक्रिया विजुवारमा सम्पन्न

मधुसुदन पोख्रेल२०८० बैशाख १२, प्यूठान
८४७ पटक
२०८० बैशाख १२, प्यूठान

प्यूठानमा औलो रोग सम्वन्धी अन्तरकृया कार्यक्रम गरीएको छ । विश्व औलो रोग दिवसको अवसरमा मंगलबार स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा जिल्लाका संचारकर्मी तथा विभिन्न सरोकारवालाहरु संग छलफल गरिएको हो ।

शुन्य औलो अबको थालनी नविनतम कार्य, कार्यान्वयनमा लगानी भन्ने नाराका साथ यसपटकको विश्व औलो दिवस मनाईएको छ । पहिले तराइका जिल्लाहरुमा यो रोगको प्रभाव वढि देखिन्थ्यो देखिन्थ्यो तर पछिल्लो समय पहाडी जिल्लाहरुमा पनि औलो रोगका विरामीहरु वर्षेनी देखिन थालेका छन ।

अबको समय वर्षायामको समय भएकोले लामखुट्टेको टोकाईबाट बच्न विद्यालय स्तरमा कार्यक्रम गरे प्रभावकारी हुने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख तथा बरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेको भनाई छ ।

एनाफिलिक्स जातको पोथि लामखुट्टेबाट यो रोग सर्ने भएकोले लामखुट्टेको टोकाई बाट बच्नुनै यसको उपाय रहेको पाण्डेको भनाई छ ।

चालु आर्थिक वर्ष ०७९÷०८० मा प्यूठानमा पनि ३ जनामा औलो रोगका संक्रमित भेटिएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ ।

औलोरोग निवारण गर्न सम्पुर्ण नागरीकहरु सजग हुनु पर्ने प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताए ।

वि.स. २०१५ बाट औलोरोग निवारण कार्यक्रम थालनी भएपनि हाल सम्म यसको निवारण भएको छैन । नेपाल सरकारले सन २०२५ सम्म औलोरोग निवारण गर्ने लक्ष्य लिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...