News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा पनि अन्तर्राष्ट्रिय योग दिवस मनाईयो

झुलेनी नेटवर्क२०८० असार ६
७२७ पटक
२०८० असार ६

अन्तर्राष्ट्रिय योग दिवस प्यूठानमा आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । प्युठान आयुर्वेद स्वास्थ्य केन्द्र खलंगाको समन्वयमा जिल्लाका विभिन्न स्थानहरुमा योग गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो । विभिन्न समुहका मानिसहरुको सहभागितामा मानवताका लागि योग भन्ने मुल नाराका साथ नवौ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जिल्ला समन्वय समिति खलंगा, भानुभक्त मा वि बर्बाेट र माण्डवी गाउँपालिका लगायतका स्थानमा विभिन्न कार्यक्रम गरी मनाईएको हो ।

त्यस्तै प्यूठानको स्वर्गद्धारी नगरपालिका ५ सारीमा स्वर्गद्धारी नगरपालिका स्वास्थ्य आयुर्वेद शाखा प्यूठानको आयोजनामा कार्यक्रम गरिएको छ । स्वर्गद्धारी नगरपालिका ५ को भुबनोटमा पतञ्जली योग समितिका पदाधिकारी तथा योगकर्मीहरुको सहभागितामा कार्यक्रम गरिएको स्वर्गद्धारी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष गिर बहादुर घर्ति मगरले जानकारी दिए । उनका अनुसार वडामा रहेका रोगी तथा निरोगीहरुका लागि निशुल्क रुपमा जीवनलाई स्वस्थ बनाउन सहयोग पुग्ने उद्देश्य सहित कार्यक्रम गरिएको हो । स्वास्थ्य उपचारको लागि लाखौ रुपैयाँ खर्च गर्नु भन्दा अगाडी स्वस्थ हुनलाई योगको आवश्यकता रहेकोले योग गर्न सबैलाई आग्रह गरेको उनले बताए ।

कार्यक्रममा “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, गरौं योग रहौ निरोग, घरघरमा योग परिवारको साथमा योग भन्ने प्लेकार्ड सहित ¥याली समेत गरिएको थियो । स्वर्गद्धारी नगरपालिका स्वास्थ्य आयुर्वेद शाखा प्यूठानका कविराज निरिक्षक ओविराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष गिर बहादुर घर्ति मगर रहेका थिए भने कार्यक्रममा अन्य स्थानीय लगायतको उपस्थित रहेको थियो ।

हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो। हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...