News Portal

रेडियो सुन्नुहोस्

बिपद पुर्ब तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धि कार्यशाखा गोष्ठी सम्पन्न

झुलेनी नेटवर्क२०८० असार ७
४२४ पटक
२०८० असार ७

बिपद पुर्ब तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धि कार्यशाला गोष्ठी गौमुखीमा सम्पन्न भएको छ । कार्यशालाले गौमुखी गाउँपालिकामा हुने बिपदलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर ८ वटा क्लस्टरको विषयमा समिक्षा गरेको छ । विपदको बेला तत्काल उद्दार, राहत र पुनः स्थापना लगायतको क्षेत्रमा चासो दिनुपर्ने सहभागीहरुको भनाइ छ ।

कार्यशाला गोष्ठीमा प्युठानका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले गाउँपालिका स्तरमा बिपदबाट हुने समस्या समाधानका लागि स्थानीयको भुमिका महत्वपुर्ण हुने बताए । विपदको बेला स्थानीयहरु तत्काल उद्दारमा लाग्दा बिपद न्यूनीकरणमा टेवा पुग्ने उनको भनाइ छ।

त्यस्तै प्रमुख अतिथी जिल्ला समन्वय समिति प्युठानका उपप्रमुख दुर्गा रेग्मीले बिपद जति बेला पनि आउन सक्ने भएकोले गौमुखी गाउँपालिकाले राम्रो कामको सुरुवात गरेको बताइन।गौमुखीमा प्रायजसो चट्याङ्ग,बाढी पहिरो र आगालागीले क्षती गर्ने हुँदा बिपद प्रतिकार्य योजना आवश्यक रहेको उनको भनाई छ ।

कार्यक्रमको समापन गर्दै गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले बिपद प्रतिकार्य योजना निर्माण भईसकेपछि काम गर्न सहज हुने बताए । गाउँ बस्तीमा बाढी पहिरो आगालागी चट्याङ्ग लगायत आपद बिपदमा र महामारी जस्ता कार्यमा सबैले हातेमालो गरि समन्वय र सहयोग गर्नु पर्ने उनले बताए।

कार्यशाला गोष्ठीको सहजीकरण बिपद पुर्ब ब्यबस्थापन तथा प्रतिकार्य योजना निर्माणका बिज्ञ तथा पत्रकार महासंघ प्युठानका अध्यक्ष सन्जय रिजालले गरेका थिए भने गोष्ठीको सञ्चालन केशव के सी ले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...