News Portal

रेडियो सुन्नुहोस्

बिपद पुर्ब तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धि कार्यशाखा गोष्ठी सम्पन्न

झुलेनी नेटवर्क२०८० असार ७
४९७ पटक
२०८० असार ७

बिपद पुर्ब तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धि कार्यशाला गोष्ठी गौमुखीमा सम्पन्न भएको छ । कार्यशालाले गौमुखी गाउँपालिकामा हुने बिपदलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर ८ वटा क्लस्टरको विषयमा समिक्षा गरेको छ । विपदको बेला तत्काल उद्दार, राहत र पुनः स्थापना लगायतको क्षेत्रमा चासो दिनुपर्ने सहभागीहरुको भनाइ छ ।

कार्यशाला गोष्ठीमा प्युठानका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले गाउँपालिका स्तरमा बिपदबाट हुने समस्या समाधानका लागि स्थानीयको भुमिका महत्वपुर्ण हुने बताए । विपदको बेला स्थानीयहरु तत्काल उद्दारमा लाग्दा बिपद न्यूनीकरणमा टेवा पुग्ने उनको भनाइ छ।

त्यस्तै प्रमुख अतिथी जिल्ला समन्वय समिति प्युठानका उपप्रमुख दुर्गा रेग्मीले बिपद जति बेला पनि आउन सक्ने भएकोले गौमुखी गाउँपालिकाले राम्रो कामको सुरुवात गरेको बताइन।गौमुखीमा प्रायजसो चट्याङ्ग,बाढी पहिरो र आगालागीले क्षती गर्ने हुँदा बिपद प्रतिकार्य योजना आवश्यक रहेको उनको भनाई छ ।

कार्यक्रमको समापन गर्दै गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले बिपद प्रतिकार्य योजना निर्माण भईसकेपछि काम गर्न सहज हुने बताए । गाउँ बस्तीमा बाढी पहिरो आगालागी चट्याङ्ग लगायत आपद बिपदमा र महामारी जस्ता कार्यमा सबैले हातेमालो गरि समन्वय र सहयोग गर्नु पर्ने उनले बताए।

कार्यशाला गोष्ठीको सहजीकरण बिपद पुर्ब ब्यबस्थापन तथा प्रतिकार्य योजना निर्माणका बिज्ञ तथा पत्रकार महासंघ प्युठानका अध्यक्ष सन्जय रिजालले गरेका थिए भने गोष्ठीको सञ्चालन केशव के सी ले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...