News Portal

रेडियो सुन्नुहोस्

दैनिक दुई हजार लिटर दूध भित्रन्छ प्यूठानमा

बिबश जि.एम२०८० श्रावण ९
७७३ पटक
२०८० श्रावण ९

प्यूठानमा दैनिक दुई हजार भन्दा बढि लिटर दूध जिल्ला बाहिरबाट भित्रने गरेको छ । जिल्लालाई आवश्यक पर्ने दूध अपुग भएपछि बाहिरबाट दूध लिन परेको व्यवसायिहरु बताउँछन् । दूधमा जिल्ला आत्मनिर्भर नहुँदा डेरी पसलहरुले दूध जिल्ला बाहिरबाट लिएर उपभोक्तासम्म पुर्‍याउने गरेका हुन् । डेरी पसलहरु धेरै जसोले छिमेकी जिल्ला दाङको लमही, गढवा लगायत देउखुरी उपत्यकाबाट दूध लिएर बिक्री गर्ने गरेका छन् ।

प्यूठान नगरपालिका ४ जुम्री बजारमा रहेको न्यू पाण्डे डेरी एण्ड हंस बेकरीका सञ्चालक महेन्द्र योगीले आफ्नो डेरीमा जिल्ला भित्रबाट दैनिक १५ लिटर मात्र दूध आउने गरेको बताए । उनको डेरीमा बिक्री हुने बाँकी दूध बाहिरबाट लिने गरेका छन् । ‘स्थानीय किसानले लिएको दूधले मात्र कहिल्यै पुग्दैन,’ उनले भने, ‘हप्तामा करिब १ हजार २ सय लिटर दूध दाङबाट लिने गरेका छौ ।’ उनको डेरीबाट दैनिक १ सय लिटर भन्दा बढी दूध विक्री हुने गर्दछ ।

यस्तै यहाँको अर्को किसान डेरी उद्योग एण्ड भद्रकाली बेकरीले पनि जिल्लाका किसानले लिने दूध अपुग भएपछि बाहिरबाट दूध लिएर विक्री गर्ने गरेको छ । ‘स्थानीय किसानले ल्याउने दूधले मात्र कहिल्यै पुग्दैन,’सञ्चालक शोभा घिमिरेले भनिन्,‘यसले गर्दा दुध बाहिरबाट लिनुपर्छ ।’ जिल्लाका ४/५ ठाउँको संकलन केन्द्रबाट दैनिक १ सय ८० लिटर दूध आफ्नो डेरीमा आउने गरेको उनले बताईन । जिल्लाको उत्पादनले माग धान्न नसकेपछि बाहिरबाट हप्तामा १ हजार लिटर दूध ल्याउने गरेको उनको भनाई छ । किसान डेरीमा दैनिक १ सय ३० लिटर दूध बिक्री हुन्छ । जिल्ला बाहिरबाट दूध आयात गर्दा समस्या हुने भए पनि बाध्यताले दूध लिनु परेको व्यवसायिहरुको गुनासो छ । लामो यात्राबाट दूध आयात गर्दा ढुवानी धेरै लाग्ने, दूध बिग्रीएर फाल्नु समेत परेको व्यवसायिहरुको गुनासो छ ।

किसान र पाण्डे डेरीमा मात्र होइन बिजुवार, बाग्दुला, क्वाडी, भिंगृ लगायत बजार क्षेत्रहरुका डेरीहरुले बर्खाको समयमा समेत बाहिरबाट दूध लिएर बिक्री गर्नु पर्ने अवस्था रहेको प्यूठान उद्योग बाणिज्य संघका महासचिब सन्देश आचार्यले बताए । प्यूठान नगरपालिकाका पशु शाखा प्रमुख गिरीराज पौडेलले नगरपालिका क्षेत्रका बजारहरुमा मात्रै दैनिक १ हजार लिटर दूध खपत हुने गरेको बताए । ‘जिल्लालाई धान्ने दूध यहाँ उत्पादन नै हुदैँन,’उनले भने,‘बाहिरबाट जिल्लाभरमा दैनिक दुई हजार लिटर दूध भित्र्ने अनुमान छ ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...