प्यूठान नगरपालिका ३ सापडाँडा स्थित बरपाटाका एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार दिउँसो करिब ४ बजेको समयमा आफ्नै बारीमा बदेल र बादरको लागि थापिएको करेन्टमा परि सेते खडका भनेर चिनिने ५४ बर्षिय पुरुषको मृत्यु भएको हो ।
जगंली जनावरको आतंकले सताएपछि अन्नबाली जोगाउन उनले बारीमा करेन्ट थापेको उनका आफन्त दिलीप खडकाले जानकारी दिए । शवको पोस्टमार्टमको लागि जिल्ला अस्पताल विजुवार लिएको छ । शव भोलि बुधबार मात्र पोस्टमार्टम हुने बताइएको छ ।