News Portal

रेडियो सुन्नुहोस्

वडाध्यक्ष सहित सयौंको सहभागितामा जनश्रमदान मार्फत बाटो मर्मत

बोम बहादुर परियार श्रावण २०, प्यूठान
१३८ पटक
श्रावण २०, प्यूठान

मल्लरानी ३ मा एक सय भन्दा बढि स्थानीयको सहभागीतामा जनश्रमदान गरिएको छ ।

पछिल्लो समय जिल्लामा सरकारी कामकाजमा जनश्रमदानलाई अनिवार्य गरिएता पनि स्थानियको सक्रियता कमि भएको भन्दै जनताको सहभागितामा जनश्रमदानलाई थालनी गरिएको हो।
मल्लरानी गाउँपालिका वडा नं. ३ धरमपानी देखि रस्पुरकोट गिरचौर शिरकोट हुँदै मल्लरानी गाउँपालिका वडा नं. ५को सरङकोट सम्म जोड्ने मोटरबाटोको शनिवार मर्मत गरिएको छ।

स्थानिय जनता संगै मल्लरानी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष नोम राज पौडेल जनतालाई हौसला प्रदान गर्दै मोटरबाटो मर्मतमा सहभागि भएका छन्। बर्षातले गर्दा मोटरबाटोका विभिन्न स्थानमा पहिरो गएको, भलको कारण खाल्डाखुल्डी परेको तथा बाटोको दायाँबायाँ रहेका बुट्यानहरु हटाउने काम स्थानियहरुले गरेका हुन्।

बर्षातको समयमा आफ्नो बाटो आफै बनाउ भनेर सबै धरधुरी आएका छौं स्थानिय समाजसेवी ठमान सिंह रानाले भने–‘‘ वडाध्यक्ष नोम राज पौडेल ज्यू आउनुभयो, आफै खन्नुभयो हामीलाई हौसला प्रदान गर्नुभयो उहाँको हातमा फोरा समेत परेका छन् उहाँ संगै काम गर्दा हामीलाई धौ नै भएन।’’


स्थानिय समाजसेवी देवराज पौडेलले हरेक बर्ष यस्तै बाटो मर्मत गर्नुपर्ने बाध्यता भएकोले नालीसहितको बाटोको स्तरउन्नतीको ब्यवस्था गाउँपालिकाले गर्नुपर्ने बताए। साथै सानातिना कामहरु गाउँपालिका,वडाबाट आस नगरि यस्तै जनश्रमदानबाट गर्नुपर्ने भन्दै उनले भने–‘‘३ नं. वडाका वडाध्यक्ष जनता संगै आउनुभएको छ,अरु वडाध्यक्षहरुले पनि जनता संग मिलेर काम गरे राम्रो हुन्थ्यो।’’

गाउँघरमा बसेर तास खेलेर समय खेर पाल्नुभन्दा आफ्नो गाउँ, आफै बनाउ भनेर साना तिना समस्या समाधान गरेर मर्मतको लागि छुट्टिएको पैसा अरु ठाउँमा खर्च गर्न सकिने पौडेलले बताए।
गाउँमा गाडि नआएर समस्या परेकोले ‘एक घर, एक ब्यक्ति’ आएर काम गरेका छौं, बर्षातको समयमा पनि सवारी साधन चल्न सजिलो भएको छ स्थानिय रिता ठेडीले भनिन्–‘‘ जनश्रमदान गर्दा हामी खुसी छौं, हाम्रै बाटो मर्मत भएको छ।’’ त्यस्तै स्थानियबासी सिता आचार्यले गाउँका मान्छेहरु विरामी पर्दा गाडि बोलाएर अस्पताल जानुपर्ने भएकोले जनश्रमदानमा आफुहरु जुटेको बताइन्।

स्थानिय संगै जनश्रमदानमा जुटेका मल्लरानी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष नोम राज पौडेलले बर्षातको समयमा भलले गाउँका मोटरबाटाहरु बिग्रिएको भन्दै जनश्रमदान मार्फत मर्मत गर्नुपर्ने बताए।
ठुला पहिरोहरु डोजर मार्फत गाउँपालिकाबाट बजेटको ब्यवस्था गरि सुचारु गर्ने काम भएको छ अब सानातिना समस्यालाई जनताले जनश्रमदान गर्दा बजेटको सदुपयोग हुन्छ वडाध्यक्ष पौडेलले भने–‘‘ सधैभरी चल्ने बाटोको रुपमा यो बाटोलाई बनाउने गरि ९ लाख बजेटको ब्यवस्था भएको छ, स्थानियको माग अनुसार नाली बनाउने काम यो आर्थिक बर्षमा सुरु हुन्छ।’’

जनश्रमदान गर्ने परिपाटी हट्न खोजेको भन्दै वडाध्यक्ष पौडेलले अव जनताको सहभागितामा जनश्रमदानलाई ब्यापक बनाउनुपर्ने बताए। यो अभियानमा जुट्न उनले सबैलाई अपिल समेत गरेका छन्।
यस बाटोमा स्थानियहरुले नियमित रुपमा सार्वजनिक सवारी साधन सुचारु गर्न समेत माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

पुर्नउत्पादनमुखी कृषि तथा सुरक्षित खाद्य उत्पादन सम्बन्धि अभिमुखिकरण तालिम

पुर्नउत्पादनमुखी कृषि तथा सुरक्षित खाद्य उत्पादन सम्बन्धि अभिमुखिकरण तालिम बरौलामा भएको छ । सोमबार ऐरावती...

पुर्व प्रधानमन्त्री केपी शर्मा ओली प्यूठान आउने कार्यक्रम स्थगित

मौसम प्रतिकुलताका कारण पुर्व प्रधानमन्त्री केपी शर्मा ओली प्यूठान आउने कार्यक्रम स्थगित गरिएको छ ।...

सहकारीबाट करिब डेढ लाख नगद चोरी

लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा चोरी भएको छ । मल्लरानी ३ सालठाटी स्थित...

करेन्ट लागेर प्यूठानमा एकको मृत्यु

प्यूठानमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । प्यूठान नगरपालिका ७ टिकुरी निवासी ५८...

हातको रड जिल्लामै निकाल्न पाँउदा कृष्णाको अनुहारमा आएको खुसी

गौमुखी गाउँपालिका ४ पुँजाकी २२ बर्षिय कृष्णा घर्ति क्षेत्रीको डेढ बर्ष अघि लडेर दाँया हात...